सिद्धार्थ बैंक दोस्रो त्रैमासमै बिलेनियर क्लवमा, निक्षेप बढेर १ खर्ब नाघ्यो, आधार दर स्थिर

बिजमाण्डू
२०७५ माघ ९ गते १०:०९ | Jan 23, 2019
सिद्धार्थ बैंक दोस्रो त्रैमासमै बिलेनियर क्लवमा, निक्षेप बढेर १ खर्ब नाघ्यो, आधार दर स्थिर


काठमाडौं। सिद्धार्थ बैंक चालु आर्थिक बर्षको ६ महिनामै विलेनियर क्लबमा उक्लिएको छ। बैंकले अघिल्लो बर्षको तुलनामा २३ प्रतिशतले नाफा बढाएको छ। 

Tata
GBIME
Nepal Life

बैंकले पुस मसान्तसम्म एक अर्ब ६ करोड रुपैयाँ नाफा गरेको छ। नियामकीय समायोजन पछिको नाफा भने ८७ करोड ५ लाख रुपैयाँ छ। 

बैंकले निक्षेप संकलन र ऋण लगानीमा विस्तार गर्दा ब्याज आम्दानी ३५ प्रतिशतले बढेको छ भने ब्याज खर्च २७ प्रतिशतले बढेको छ। खुद ब्याज आम्दानी दुई अर्ब २८ करोड रुपैयाँ आर्जन गरेको छ।

६ महिनाको अवधिमा बैंकले एक खर्ब ६ अर्ब रुपैयाँ निक्षेप संकलन गरि ९७ अर्ब ५० करोड रुपैयाँ ऋण लगानी गरेको छ। अघिल्लो बर्षको यहि अवधिमा ८५ अर्ब ५६ करोड रुपैयाँ निक्षेप संकलन गरि ७६ अर्ब ९१ करोड रुपैयाँ ऋण लगानी गरेको थियो। 

राष्ट्र बैंकले निर्देशन गरेको न्युनतम पूँजी जुटाएसँगै बैंकको पूँजी कोष ०.७४ प्रतिशत विन्दुले बढेको छ। खराव कर्जा ०.१४ प्रतिशत विन्दुले बढेर १.६४ प्रतिशत पुगेको छ। 

आधार व्याजदर स्थिर रहेको बैंकको प्रति शेयर आम्दानीसमेत गत बर्षकै जति २४ रुपैयाँ रहेको छ। 

विवरण (रु. हजारमा)

२०७५ पुस

२०७४ पुस

बृद्धि(%)

एनएफआरएस अनुसारको नाफा

1069444

869377

23.01

नियामकिय समायोजन पछिको नाफा

870501

717458

21.33

व्याज आम्दानी

6087682

4508199

35.04

व्याज खर्च

3798846

2974150

27.73

खुद व्याज आम्दानी

2288837

1534050

49.20

निक्षेप संकलन

106384918

85566023

24.33

ऋण लगानी

97507052

76913132

26.78

चुक्ता पूँजी

8887605

7056515

25.95

जगेडा कोष

5197228

5165661

0.61

पूँजी कोष अनुपात (%)

13.16

12.42

 

खराव कर्जा (%)

1.64

1.5

 

आधार व्याजदर (%)

10.59

10.58

 

प्रतिशेयर आम्दानी (%)

24

24