जागिर खान बिदेश जानेले २०० डलर मात्र लैजान पाउने, शोधनान्तर घाटा चुलिएपछि सटहीमा कटौती

बिजमाण्डू
२०७५ माघ ९ गते ०८:४६ | Jan 23, 2019
जागिर खान बिदेश जानेले २०० डलर मात्र लैजान पाउने, शोधनान्तर घाटा चुलिएपछि सटहीमा कटौती

काठमाडौं। नेपाल राष्ट्र बैंकले डलरको सटही सुविधामा फेरि अंकुश लगाएको छ। वैदेशिक रोजगारीमा जाने नेपालीहरुलाई ५०० डलरसम्म सटही सुविधा दिँदै आएकोमा अब आधाभन्दा पनि कम सुविधा दिने भएको छ।

Tata
GBIME
Nepal Life

बैदेशिक रोजगारीमा जाने नेपाली नागरिकलाई राहदानी बापत अधिकतम अमेरिकी डलर २०० सम्म मात्र सटही सुविधा उपलब्ध हुने छ। 

राष्ट्र बैंकले केही महिनाअघि आम सर्वसाधारणले पाउने सटही सुविधामा पनि कटौती गरिदिएको थियो। एक पासपोर्ट बराबर २५ सय डलरसम्म सटही सुविधा पाउने गरेकोमा अहिले १५ सय डलरमा झारिदिएको हो।

देशको शोधनान्तर घाटा क्रमश बढ्दै ८५ अर्ब रुपैयाँ चालु खाता घाटा बृद्धि पनि ह्वात्तै बढ्न थालेपछि सटही सुविधामा कटौती गर्न थालिएको हो।