कालीगण्डकी र आरुघाटका लागि थप बजेट रकमान्तर, सेनाले बनाइरहेको सडकमा सरकारको साथ

बिजमाण्डू
२०७५ माघ ८ गते १९:३४ | Jan 22, 2019
कालीगण्डकी र आरुघाटका लागि थप बजेट रकमान्तर, सेनाले बनाइरहेको सडकमा सरकारको साथ


काठमाडौं  । सरकारले कालीगण्डकी करिडोर र बेनी -आरुघाट – लार्केभन्ज्याङ सडकका लागि थप रकम दिएको छ।अर्थ मन्त्रालयले कालीगण्डकी करिडोरका लागि २० करोड रुपैयाँ थप निकाशा गरेको हो।

Tata
GBIME
Nepal Life

चालु आर्थिक बर्षका लागि १० करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।  त्यस्तै बेनी-आरुघाट -लार्के भन्ज्याङ सडकमा १५ करोड रुपैयाँ रकमान्तरण गरेको छ । आयोजनाका लागि लागि ६ करोड ५० लाख रुपैयाँ थियो ।  यी दुवै सडकमा नेपाली सेनाले काम गरिरहेको छ ।नेपाली सेनाका प्रवक्ता सहायकरथी याम प्रसाद ढकालका अनुसार कालीगण्डकी करिडोर आगामी बर्ष सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।

सेनाले करिडोरको (गैडाकोट- राम्दी -मालढुङगा) करिव ८० किमी सडक निर्माणको जिम्मा पाएको हो ।सेनाले ८ मिटरमा ट्रयाक खोलेर स्तरोन्नती गरेको थियो ।सरकारले १० मिटरको बनाउने निर्णय गरेपछि त्यही मापदण्ड अनुसार सडक विस्तारको काम भइरहेको छ।

ट्रयाक खोलिसकेर अहिले स्तरोन्नतीको काम भैरहेको सहायकरथी ढकालले जानकारी दिए । साढे सात किमी सडक १ मिटरमा स्तरोन्नती पुरा भएको सेनाले जनाएको छ । त्यस्तै ५ वटै बेलिब्रिज राखिसकेको सेनाले जनाएको छ। आर्थिक बर्ष २०७६/०७७ मा सक्ने लक्ष्य राखिएको छ ।

बेनी-आरुघाट लार्के भन्ज्याङ सडकको करिव १ सय १८ किमी ट्रयाक खोल्ने काम सेना मार्फत भैरहेको छ ।०७४ बैशाखबाट निर्माण सुरु गरिएको यो सडकको करिव १७ किमी ट्रयाक खोलेको ढकालले जानकारी दिए।