कृषि विकास बैंकले मनायो ५२ औं वार्षिकोत्सव, वीरगंज क्षेत्रीय कार्यालयको ६ महिनाको नाफा ४९ करोड

बिजमाण्डू
२०७५ माघ ८ गते ०९:५८ | Jan 22, 2019


वीरगंज। कृषि विकास बैंकको क्षेत्रीय कार्यालय वीरगंजले ५२ औं वार्षिकत्सव मनाएको छ । बैंकले यसै अवसरमा चिनीमिलस्थित क्षेत्रीय कार्यालयमा बिभिन्न कार्यक्रम गरेको छ।

Tata
GBIME
Nepal Life

बैंकले २० वर्षे सेवा अवधि पूरा गरेका ९ जना कर्मचारीलाई कदरपत्र प्रदान गरेको थियो भने सेवा निवृत तथा ३० वर्ष सेवा अवधी पुरा गरेका बैंकका ३२ जना कर्मचारीहरुलाई दोसल्ला ओढाई अभिनन्दन गरेको जनाएको छ।

वार्षिकउत्सव कार्यक्रममा नेपाल राष्ट्र बैंकका क्षेत्रीय प्रबन्धक रविन्द्र महर्जनले नेपालको कृषि क्षेत्रमा सबै भन्दा बढी लगानी कृषि विकास बैंकको भएको र गाउँगाउँमा गएर सेवा दिने पहिलो बैंक भएको बताए। उनले थप चुस्त, छिटो सेवा दिन पनि सुझाव दिए।

वार्षिकोत्सवका अवसरमा बैंकका कर्मचारीले वीरगंजको नारायणी रंगशाला सरसफाई गरी दुई वटा डस्टविन सहयोग समेत गरेको  जनाएको छ।

नारायणी अञ्चलको पर्सा, बारा, रौतहट, मकवानपुर र चितवनमा २४ शाखा र ६ वटा एटिएम काउन्टरसहित सेवा दिइरहेको  बैंकले पछिल्लो ६ महिनामा ४९ करोड २७ लाख २८ हजार मुनाफा गरेको बैंकले जनाएको छ।

१० वटा क्षेत्रीय कर्यालय मध्ये वीरगंज क्षेत्रीय कार्यालयले मुनाफाको हिसाबले दोस्रो नम्बरमा रहेको क्षेत्रीय निर्देशक बाबुकाजी थापाले बताए । विराटनगर पहिलो नम्बरमा रहेको छ भने बाँकी क्षेत्रीय कार्यालयहरुमा काठमाडौं, राजविराज, जनकपुर, पोखरा, भैरहवा, नेपालगंज, दांङ्ग, धनगढी रहेको क्षेत्रीय कार्यालय वीरगंजले जनाएको छ ।

गत वर्ष क्षेत्रीय वीरगंजले गत आर्थिक वर्षमा १ अर्ब १८ करोड मुनाफा गरेको थियो । बैंकले कर्जा प्रवाहमा ११ अर्ब ९४ करोड १७ लाख ३८ हजार लगानी गरेको छ भने निक्षेपतर्फ ६ अर्ब २० करोड ४२ लाख १८ हजार छ । कार्यालयको कर्जा तर्फ करिब १८ हजार ग्राहक छन् भने निक्षेपकर्ता करिब १ लाख २५ हजार रहेको पनि निर्देशक थापाले जानकारी दिए।

कर्जा प्रवाहको ५० प्रतिशत कृषि क्षेत्रमा लगानी गरिएको क्षेत्रीय कार्यालयको खराब कर्जा १ दशमालव १८ प्रतिशत रहेको बैंकले जनाएको छ । २०२४ माघ ७ गते स्थापना भइ २०४२ सालदेखि बैकिङ्ग कारोबार गर्दै आएको यस बैंकको ७७ जिल्लामा २७८ वटा शाखा छन् ।