राष्ट्र बैंकबाट अवकास भएका हाकिमलाई जागिर दिनुअघि सोध्नु पर्ने, नसोधि जागिर दिन नपाइने

बिजमाण्डू
२०७५ माघ ७ गते १५:३७ | Jan 21, 2019
राष्ट्र बैंकबाट अवकास भएका हाकिमलाई जागिर दिनुअघि सोध्नु पर्ने, नसोधि जागिर दिन नपाइने


काठमाडौं। पूर्व डेपुटी गभर्नर, कार्यकारी निर्देशक तथा अधिकृतहरुलाई बैंकहरुले जागिर दिनु परे राष्ट्र बैंकलाई सोध्नु पर्ने ब्यवस्था गरिएको छ।

Tata
GBIME
Nepal Life

राष्ट्र बैंकले सोमबार निर्देशन जारी गर्दै अवकासपछि जागिर दिँदा सोध्नु पर्ने ब्यवस्था गरेको हो। अहिलेको ब्यवस्था अनुसार डेपुटी गभर्नर र कार्यकारी निर्देशकहरु अवकास भएको तीन बर्षसम्म र अधिकृतस्तरका कर्मचारीले दुई बर्षसम्म बैंक तथा वित्तीय संस्थामा जागिर खान पाउँदैनन्।

यो कुलिङ पिरियड सकिएपछि उनीहरु जागिर खान योग्य हुन्छन्। तर कुलिङ पिरियड सकिएपछि पनि केन्द्रीय बैंकलाई सोधेर मात्र जागिर दिनु पर्ने ब्यवस्था गरिएको छ।