अर्ब रुपैयाँ लगानीमा निर्माण कम्पनी स्थापना, व्यवसायिक र आवासीय निर्माण गर्ने

बिजमाण्डू
२०७५ माघ ७ गते ०९:३५ | Jan 21, 2019
अर्ब रुपैयाँ लगानीमा निर्माण कम्पनी स्थापना, व्यवसायिक र आवासीय निर्माण गर्ने


वीरगंज। वीरगंजको दुई व्यापारिक घारानाले निर्माण कम्पनी खोलेका छन्। अर्ब रुपैयाँमा जेसी बिल्डर्स स्थापना गरेका हुन्।  कम्पनीमा जगदम्बा समूहका अजय जाटिया र राजेश हार्डवेयरका संस्थापक सुवास अग्रवाल संचालक हुन्।

Tata
GBIME
Nepal Life

व्यवसायिक र आवासीय निर्माणमा सघाउने उदेश्यले कम्पनी स्थापना गरिएको संचालक अग्रवालले बताए।कम्पनीले फिजिविलिटी अध्ययन, बैंक सम्भावना प्रतिवेदन, सामान्य अनुबन्ध, डिजाइन तथा ईन्जिनियरिङ, परियोजना निर्माण, निर्माण लगायतका सेवा दिनेछ।

अर्का संचालक जाटियाले व्यवसायिक निर्माण कम्पनीको अभाव पूरा गर्न कम्पनी खोलेको जानकारी दिए।कम्पनीको अर्का साझेदारमा जगदम्बा सिमेन्टका कार्यकारी निर्देशक राजेश अग्रवाल रहेका छन् । युवा उद्यमी गोपाल अग्रवाल, अङ्कुर भंगर, अंकित अग्रवाल र आकृति अग्रवाल पनि यो कम्पनीमा आवद्ध छन्।