वित्त आयोगको अध्यक्षमा बालानन्द पौडेल सिफारिस, समावेशी आयोगमा शान्तराज सुवेदीलाई लैजाने

बिजमाण्डू
२०७५ माघ ६ गते १८:११ | Jan 20, 2019
वित्त आयोगको अध्यक्षमा बालानन्द पौडेल सिफारिस, समावेशी आयोगमा शान्तराज सुवेदीलाई लैजाने

काठमाडौं। संवैधानिक परिषदको बैठकले विभिन्न पाँचवटा संवैधानिक आयोगमा अध्यक्ष नियुक्तिको सिफारिस गरेको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय समावेशी आयोग, मधेशी आयोग, थारु आयोग र मुस्लिम आयोगमा अध्यक्ष सिफारिस गरिएको हो। 

Tata
GBIME
Nepal Life

आइतबार बसेको बैठकले वित्त आयोगको अध्यक्षमा बालानन्द पौडेलको नाम सिफारिस गरिएको छ। पौडेल पूर्व सचिव हुन्। उनी स्थानीय राज्य पुनर्संरचना आयोगका अध्यक्ष समेत भएका थिए। 

वित्त आयोगको अध्यक्षका दावेदार रहेका डा. शान्तराज सुवेदीलाई समावेशी आयोगको अध्यक्ष सिफारिस गरिएको छ। सुवेदी दुई पटक अर्थसचिव भएका थिए। उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको पनि सचिव थिए। पहिलो संघीय बजेट बनाएका सुवेदीलाई वित्त आयोगको अध्यक्षका दाबेदार मानिएको थियो।

यसैगरी मधेशी आयोगमा डा. विजयकुमा दत्तको नाम सिफारिस गरिएको छ। विष्णुप्रसाद चौधरीलाई थारु आयोग र समिम अन्सारीलाई मुस्लिम आयोगको अध्यक्ष सिफारिस गरिएको छ। 

उनीहरुले संसदीय सुनुवाईको प्रक्रिया पुरा भएपछि राष्ट्रपतिबाट नियुक्ती लिनेछन्। संवैधानिक आयोगका अध्यक्ष एवं सदस्यको संसदीय सुनुवाई अनिवार्य गरिएको छ।