अमेरिकी सरकारी कार्यालय आंशिक बन्द जारी, ट्रम्पले गरेको नयाँ प्रस्ताव विपक्षीद्वारा अस्वीकार

बिजमाण्डू
२०७५ माघ ६ गते १३:४९ | Jan 20, 2019


          तस्विर: एपी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विगत ३० दिनदेखि आंशिक रुपमा बन्द रहेको सरकारी कार्यालय खोल्न नयाँ प्रस्ताव अघि ल्याएको बिबिसीले जनाएको छ।

Tata
GBIME
Nepal Life

सरकारी कार्यालयहरु बन्द हुँदा ८ लाखभन्दा बढी कर्मचारीहरुले यो वर्षको पहिलो तलब प्राप्त नगरेको बताइएको छ।उनले युवा उमेरमा सुखद भविष्यका लागि भनेर गैरकानुनी रुपमा अमेरिका प्रवेश गरेका 'ड्रिमर्स' र टेम्पोरेरी प्रोटेक्टेड स्ट्याटस 'टीपीएस' अन्तर्गत अस्थायी रुपमा बसोवास गर्ने इजाजत प्राप्त गरेकाहरुका सम्बन्धमा सम्झौता हुन सक्ने बताएका हुन्।

अमेरिकामा आफ्ना अभिभावकसँगै गैरकानुनी रुपमा प्रवेश गर्ने 'ड्रिमर्स' हरुको संख्या करिब ७ लाख रहेको बताइएको छ।काम गर्ने अनुमति पाए पनि अमेरिकी नागरिकता नपाउने नीति अन्तर्गत हाल ती 'ड्रिमर्स' हरु डिपोर्टहरुबाट बच्दै आएका छन्।  ट्रम्प त्यही नीति रद्द गर्न चाहन्छन्।

तर सम्बोधनका क्रममा ट्रम्पले त्यो नीतिलाई अर्को तीन वर्ष रहन दिने र उनीहलाई काम गर्न अनुमति दिने बताएका छन्।उनले टीपीएस अन्तर्गत अस्थायी रुपमा बस्दै आएका मानिसहरुलाई अर्को तीन वर्षसम्म भिसा उपलब्ध गराउने समेत बताए। टीपीएस अन्तर्गत युद्ध र प्राकृतिक प्रकोपबाट ग्रस्त राष्ट्रका करिब ३ लाख मानिसहरु अमेरिकामा बस्दै आएका छन्। यो नीतिलाई पनि ट्रम्प सरकारले रद्द गर्न खोजी रहेको छ।

आफूले यो प्रस्तावमा ल्याउँदा धेरै सम्झौता गरेको भन्दे ट्रम्पले यसबाट विश्वास बढ्ने अपेक्षा व्यक्त गरेका छन्।  यद्यपि सम्बोधनका क्रममा ट्रम्पले बढ्दो मानवीय तथा आप्रवासी संकट समाधान गर्न मेक्सिकोसँगको सीमामा स्टिलको पर्खाल लगाउन आवश्यक रहेकाले कंग्रेसले ५.७ बिलियन अमेरिकी डलर बजेट प्रस्ताव पारित गर्नुपर्ने आफ्नो माग दोहोर्‍याएका थिए।

तर प्रतिप्रक्षी दल डेमोक्रेटले उक्त प्रस्ताव अस्वीकार गरेको छ ।राष्ट्रपति ट्रम्पको सम्बोधन लगतै सभामुख न्यान्सी पेलोसीले राष्ट्रपति ट्रम्पको शर्त र प्रस्तावहरू आफूहरूलाई मान्य नभएको विज्ञाप्ती मार्फत जनाएको छ । उनीहरुले ट्रम्पले सम्झौताका लागि अघि सारेका उपायहरुसमेत मान्य नहुने बताएका छन्।

आप्रवासीहरुलाई स्वागत गर्ने परम्परा धेरै पुरानो रहेको भन्दै ट्रम्पले सम्बोधनका क्रममा त्यो प्रकिया विगत केही समयदेखि भत्किएको बताउँदै सम्बोधन मार्फत एक महिनादेखि बन्द रहेको सरकारी कार्यालय खोल्न कंग्रेसलाई सघाउन आएको बताएका थिए।

कंग्रेसले बजेट पास गर्ने नदेखेपछि ट्रम्पले कंग्रेसको स्वीकृति बिना नै पर्खाल बनाउने चेतावनी दिएका थिए। केही हप्ताअघि अमेरिकी संसदले पर्खाल बनाउनका लागि बजेट नदिए संकटकाल लगाउने र सरकारी काम वर्षौंसम्म ठप्प पार्ने ट्रम्पले चेतावनी दिएका थिए।