अनलाइनमा समस्या आएपछि नेप्सेले १५ मिनेट कारोबार रोक्यो, समस्या सल्टिएपछि कारोबार सुरु

बिजमाण्डू
२०७५ माघ ६ गते १२:४६ | Jan 20, 2019


काठमाडौं। नेपाल स्टक एक्सचेन्ज(नेप्से) को अनलाइन प्रणालीमा आएको समस्या समाधान भएको छ। आइतबार केही ब्रोकरले लगइनमा समस्या भएको भन्दै नेप्सेमा जानकारी दिएपछि १५ मिनेटका लागि कारोबार रोकेर समस्या समाधान गरेको थियो।

Tata
GBIME
Nepal Life

 ब्रोकरले अनलाइन प्रणालीमा समस्या भएको जानकारी गराएको र समस्या समाधान भइसकेको नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले जानकारी दिए।नेप्सेले अनलाइन प्रणालीमा सुरु देखिनै समस्या देखिएपछि प्रत्येक विहीबार स्तरोन्नति गर्दै आएको छ।

आइबार ब्रोकरले कारोबारका लागि एडमिन खोल्दा नै समस्या आएको थियो। अनलाइन लगइन हुन नसकेको र भएपननि तत्कालै लग आउट हुने समस्या देखिएको एक कम्पनीका कर्मचारीले बताए। यो अवधिमा २२ वटा कम्पनीको सात करोड रुपैयाँको मात्रै कारोबार भएको छ।