भारतीय सैनिकमा कार्यरत नेपालीले पिएनबीबाट ऋण पनि पाउने, एभरेष्ट बैंकसँग समझदारी

बिजमाण्डू
२०७५ माघ ६ गते ०८:४१ | Jan 20, 2019
भारतीय सैनिकमा कार्यरत नेपालीले पिएनबीबाट ऋण पनि पाउने, एभरेष्ट बैंकसँग समझदारी

काठमाडौं। एभरेष्ट बैंक र पञ्जाब नेशनल बैंकबीच भारतीय गोरखा सैनिकमा कार्यरत स्थायी नेपालीलाई सुविधा प्रदान गर्न समझदारी भएको छ।

Tata
GBIME
Nepal Life

पञ्जाव नेशनल बैंकको मुख्य कार्यलय नयाँ दिल्लीमा बैंकका प्रमुख कार्यकारी निर्देशक सोमेश्वर सेठ र पिएनबीका महाप्रबन्धक समिर बाजपाईले समझदारीपत्रमा हस्ताक्षर गरेका छन्। 

नेपाल र भारतमा बैंकिङ सेवाका लागि भारतीय गोरखा सैनिकहरुले एभरेष्ट बैंक र पञ्जाव नेशनल बैंकको जुनसुकै शाखाबाट जुडुवा खाता खोल्न खक्नेछन्। त्यस्तै उनीहरुले रक्षक प्लस खाताबाट निशुल्क रेमिटेन्स सुविधा, एभरेष्ट बैंक र पञ्जाव नेशनल बैंकको सह–ब्राण्डेड डेबिट खाता जस्ता सुविधाहरु प्राप्त गर्न सक्नेछन्। 

भारतीय गोरखा सैनिकका स्थायी नेपालीलाई रक्षक प्लस खाताबाट कर्जाको सुविधा समेत उपलब्ध हुने छ। एभरेष्टको नेपालमा १० लाख ग्राहक छन्। बैंकका ८६ शाखाहरु सञ्चालनमा छन्।