प्रधानमन्त्री ओली आज स्वीट्जरल्याण्ड जाँदै, यस्तो छ भ्रमण तालिका

बिजमाण्डू
२०७५ माघ ६ गते ०८:११ | Jan 20, 2019


काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली आज स्वीट्जरल्याण्ड भ्रमणमा जाँदैछन्। विश्व आर्थिक मञ्चको ४९ औँ वार्षिक बैठकमा सहभागी हुनका लागि प्रधानमन्त्री आज साँझ त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ।

Tata
GBIME
Nepal Life

परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको भ्रमण तालिका अनुसार प्रधानमन्त्री ओलीले जनवरी २२ मा त्यहाँ स्टाटेजिक आउटलुक अन साउथ एसियाको प्यान डिस्कसनमा नेपालको तर्फबाट आफ्नो धारणा राख्ने कार्यक्रम छ।

२२ जनवरीदेखि २५ सम्म स्वीटरजरल्याण्डको डावोस शहरमा यसपटक ‘ग्लोबलाइजेसन ४.० : सेपिङ ग्लोबल आर्किटेक्चर इन दी एज अफ फोर्थ इन्डस्ट्रियल रिभोलुसन’ नाराका साथ आयोजना हुने सम्मेलनमा जी २० सहित विश्वका १५० बढी देशका राजनीतिक तथा आर्थिक नेताहरुको जमघट हुँदैछ।

सम्मेलनको अर्को सत्र ‘सेपिङ दी फ्युचर अफ डेमोक्रेसी’ मा प्रधानमन्त्री ओलीले जनवरी २३ मा सम्बोधन गर्ने कार्यक्रम रहेको छ। त्यस्तै जनवरी २३ मै विश्वका आर्थिक नेताहरुको अनौपचारिक जमघटमा ‘इन्ड अफ ग्लोवल ट्रेड बक वी नो इट?’ विषयमा सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

यसैबीच प्रधानमन्त्री ओलीले भ्रमणका दौरान साइडलाइनमा विश्वका राजनीतिक तथा व्यवसायिक नेतृत्वहरुसँग भेट गर्ने मन्त्रालयले जनाएको छ। यद्यपि, त्यो भेट कुन स्तरको हो भन्ने मन्त्रालयले सार्वजनिक गरेको भ्रमण तालिकामा उल्लेख छैन।

प्रधानमन्त्री ओलीले त्यहाँ स्वीट्जरल्याण्डका राष्ट्रपतिसँग भेट गर्न सक्ने बताइए पनि यसबारेमा परराष्ट्र मन्त्रालय मौन छ।प्रधानमन्त्री ओलीसँग भ्रमण दलमा उनकी पत्नी राधिका शाक्य, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, अर्थमन्त्री युवराज खतिवडासहित प्रधानमन्त्री कार्यालय, परराष्ट्र र अर्थ मन्त्रालयका उच्च अधिकारीसमेत सहभागी हुनेछन्। प्रधानमन्त्री ओली माघ १२ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ।