मालदिभ्समा एक वर्षमा १५ लाख पर्यटक पुगे, धेरै पर्यटक चीन र जर्मनीबाट

रासस
२०७५ माघ ६ गते ०७:४३ | Jan 20, 2019


माले। क्षेत्रफल तथा जनसंख्याको हिसाबले सानो देश मालदिभ्समा सन् २०१८ मा मात्र करिब १५ लाख जति विदेशी पर्यटक पुगेका छन्।एक वर्षमा यति धेरै पर्यटक यस देशमा पुगेको यो नै पहिलो पटक भएको त्यहाँका स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

Tata
GBIME
Nepal Life

मालदिभ्सका पर्यटनमन्त्री अलि वाहिदले यहाँका स्थानीय सञ्चारमाध्यमलाई दिएको जानकारीअनुसार गत वर्षमात्र यहाँ १४ लाख ८४ हजार जना विदेशी पर्यटक पुगेका हुन् ।उनले मालेमा रहेका सञ्चारमाध्यमहरुलाई शुक्रबार सो जानकारी दिएका हुन् । यो पर्यटक संख्या त्यो भन्दा अघिल्लो वर्ष अर्थात् सन् २०१७ को भन्दा करिब ६.८ प्रतिशतले बढी हो ।

यसरी मालदिभ्स् पुगेका पर्यटकहरुमध्ये धेरै पर्यटक चीन र जर्मनीबाट पुगेका थिए ।मालदिभ्स् सरकारले हालैमात्र सो देशमा पर्यटक आउने ठूलो देश मालदिभ्स रहेको बताइएको थियो । मालदिभ्स सरकारले पछिल्ला केही समयमा चीनबाट पर्यटक भित्र्याउनका लागि विभिन्न पर्यटकीय कार्यक्रमहरु पनि ल्याएको छ ।मालदिभ्स्मा पर्यटक भित्र्याउनका लागि सो देशको सरकारले चीनका पर्यटक कम्पनीहरुलाई विभिन्न कार्यक्रमहरुको घोषणा गर्न तथा हवाई उड्डयन कम्पनीहरुलाई पनि बढी उडानहरु भर्न आग्रह गरेको थियो ।

मालदिभ्स् पर्यटकीय देश हो । यहाँको प्राकृतिक सौन्दर्यको आकर्षणका कारण अधिकांश युरोपेली देशका पर्यटकहरु यस देशमा आउने गर्दछन् ।तर पछिल्लो समयमा भने मालदिभ्स्मा चिनियाँ पर्यटकहरु बढी मात्रामा पुग्ने गरेका बताइएको छ ।