सिआईजेको रिपोर्टमाथि सौरभ ग्रुपको आपत्ति, ‘हुँदै नभएको उद्योगसँग नाम जोडेर बदनाम गरियो’

बिजमाण्डू
२०७५ माघ ४ गते २०:४९ | Jan 18, 2019
सिआईजेको रिपोर्टमाथि सौरभ ग्रुपको आपत्ति, ‘हुँदै नभएको उद्योगसँग नाम जोडेर बदनाम गरियो’



काठमाडौं। सौरभ ग्रुपले ट्याक्स हेभेन मुलुकबाट कुनै लगानी नल्याएको र  गुटका,सावुन र सुपारी जस्ता उत्पादनसँग सम्वन्धित कुनै उद्योग नरहेको दाबी गरेको छ।

Tata
GBIME
Nepal Life

सेन्टर फर इन्भेष्टिगेटिभ जर्नालिज्म(सिआईजे)ले बुधबार सार्वजनिक गरेको रिपोर्टमा आफ्नो समूहलाई बदनाम गराउने उदेश्यसहित हुँदै नभएको उद्योगमा समेत जोडेको आरोप लगाएको छ। समूहका अध्यक्ष विष्णु न्यौपानेले मदिरा र सुर्ति जस्ता हानिकारिक पदार्थमा लगानी गर्ने आफ्नो समूहको नीति नरहेको र अहिलेसम्म कतै लगानी नरहेको दाबी गरे।

‘मेरो बुबाले २०२५ सालमा सौरभ इन्टरन्यासनल कम्पनी स्थापना गर्नुभएको हो। बुबाले अख्तियार गर्नुभएको नीति अनुसार चुरोट,मदिरा र सुपारी जस्ता उद्योगमा हात हालिएन। तर हामीलाई बदनाम गराउने उदेश्यले त्यो क्षेत्रमा लगानी गरिएको प्रतिवेदनमा उल्लेख गरियो’, समूहले शुक्रबार गरेको पत्रकार सम्मेलनमा उनले भने,’हाम्रो लगानी धागो,चिया र सिमेन्ट उद्योगमा छ।’ उनले आफ्नो समूहले विभिन्न उद्योगमा १७ अर्ब रुपैयाँ लगानी गरेको र बैंकको समेत गरेर ३६ अर्बको लगानी रहेको जानकारी दिए।

‘हाम्रो कुल लगानी ३६ अर्ब रुपैयाँ छ। यो सबै हामीले वैध रुपमा कमाएको सम्पत्ती हो,’न्यौपानले भने  ‘कर तिरेको पैसा उद्योगमा लगानी गरेका छौं। विदेशी लगानी छैन।’ सिआईजेको प्रतिवेदनमा नेपालमा सिमेन्ट उद्योग, सुपारी र गुट्खा व्यापार अनि सेवा क्षेत्र होटल व्यवसायमा प्रत्यक्ष वैदेशिक लगानी आइरहेको उल्लेख थियो। समूहले ग्लोबल टेक्नोलोजी एण्ड ट्रेडमार्क लिमिटेडसँग आफ्नो कम्पनीको कुनै सम्वन्ध नरहेको समेत उनले बताए।

सिआईजेको प्रतिवेदनमा ‘ग्लोबल टेक्नोलोजी ट्रेडमार्क लिमिटेड’ले नेपालमा चार पटक विदेशी लगानी गर्ने अनुमति लिएको र यसले गुट्का उत्पादनको काम गरेको उल्लेख थियो। उनले कर फछ्यौंट आयोगमा सौरभ इन्टरनेशनलमा कर कार्यालयले कम्प्युटर इन्ट्री गलत भएको र स्वयं कर कार्यालयले स्वीकारपछि आयोगले फछ्यौंट गरेको दाबी गरे। न्यौपानेले ठिमीस्थित १७ तले भवनमा विदेशी लगानी नरहेको जिकिर गर्दै आवासीय भवनलाई होटलमा परिवर्तन गर्न खोजिएको बताए।

‘हामीले सुरुमा वाहिर निर्माण सामाग्रीको बजार र पछाडि पट्टि अपार्टमेन्ट बनाउन खोजेका थियौं। तर भूकम्पपछि होटलमा रुपान्तरण गर्न खोजेका हौं।’ उनले भने,’होटल भवनको लागि स्वीकृत लिन भक्तपुर नगरविकास तथा ठिमी नगरपालिकामा यही आर्थिक वर्षमा निवेदन दिएका थियौं।’

सर्वोत्तम सिमेन्टमा विदेशी लगानी विक्री

समूह अन्तर्गतको सर्वोत्तम सिमेन्टमा हङ्ककङ्कस्थित कृष्णा होल्डिङ्कस लिमिटेडको ३८ प्रतिशत शेयर वैधानिक माध्यमबाट भित्रिएको बताउँदै न्यौपानेले सो समूहले शेयर बिक्री गरिसकेको जानकारी दिए।

उनका अनुसार कृष्णा होल्डिङसले गत असोज २२ गते ३८ प्रतिशत शेयर ८६ करोड ५२ लाख रुपैयाँमा बिक्री गरिसकेको छ।‘कृष्णा होल्डिङ्कसका लगानीकर्ता रमेश र दीपक सवर्थियाको हो। उहाँहरु नेपालसँग नजिक रहेकाले लगानी गरेका हुन्। उनीहरुले राष्ट्र बैंकमार्फत वैधानिक रुपमा रकम ल्याएका हुन्। र,अहिले बिक्री गर्दा समेत २ करोड ८२ लाख रुपैयाँ पूँजीगत लाभकर तिरेर आफ्नो लगानी फिर्ता लगेका हुन्।’

छोराहरु एनआरएन बनाइन

न्यौपानले आफ्नो उदेश्य विदेशमा लगानी गर्ने नरहेको बताउँदै त्यही भएर छोराहरुलाई गैरआवासीय नेपाली नबनाएको जिकिर गरे।

‘मैले यहाँ कमाएको पैसा वाहिर लैजानु छैन। अवैध रुपमा कमाएर नेपाल ल्याउनु पनि छैन। त्यही भएर मेरा छोराहरु अमेरिका पढे,’ उनले भने,’तर मैले उनीहरुलाई गैरआवासीय नेपाली बनाइन्। मेरो विदेशमा लगानी गर्ने उदेश्य भएको भए उनीहरुलाई गैरआवासीय नेपाली बनाउँथे होला।’ न्यौपानेले आफ्नो कम्पनीले कर नछलेको बताउँदै लक्ष्मी स्टीलले कर छलेको भनेको वर्ष १७ करोड ४० लाख रुपैयाँ आयकर बुझाएको दाबी गरे।

‘सिआईजेको प्रतिवेदनमा कर छलि भएको उल्लेख भएको वर्ष हामीले १७ करोड ४० लाख रुपैयाँ आयकर बुझाएका छौं। त्यो वर्ष स्टील उद्योगमध्ये सबैभन्दा बढी कर बुझाएको भन्दै कर कार्यालयले समेत पुरस्कृत गरेको छ,’ न्यौपानेले भने,’यत्रो कर तिरेको वर्ष ७५ लाख रुपैयाँ कर लुकाएको भन्नु आफैमा हास्यास्पद हो।’ उनले कर तिरेकै कारण सरकारले ल्याएको कुनैपनि स्वयंकर घोषणामा सहभागी नभएको दाबी गरे।‘मैले कर नतिरि पैसा कमाएको भए भिडीआएसमा सहभागी हुन्थे होला’ उनले भने।