माछापुच्छ्रे बैंकको नाफा ११०% बढ्यो, ऋण लागनीमा सुधार, प्रति शेयर आम्दानी पनि बढ्यो

बिजमाण्डू
२०७५ माघ ४ गते ०९:४५ | Jan 18, 2019
माछापुच्छ्रे बैंकको नाफा ११०% बढ्यो, ऋण लागनीमा सुधार, प्रति शेयर आम्दानी पनि बढ्यो

काठमाडौं। माछापुच्छ्रे बैंकले चालु आर्थिक बर्षको ६ महिनामा ११० प्रतिशतले नाफा बढाएको छ। यो गत बर्षको पुससम्मको तुलनामा बृद्धि भएको नाफा हो।

Tata
GBIME
Nepal Life

एनएफआरएस प्रणाली अनुसार बैंकले पुस मसान्तसम्ममा ७८ करोड १३ लाख रुपैयाँ नाफा गरेको छ भने अघिल्लो बर्ष ३७ करोड १६ लाख रुपैयाँ नाफा गरेको थियो। नियामकीय समायोजनपछि नाफा ८० करोड ३६ लाख रुपैयाँ पुगेको देखिन्छ। 

छ महिनाको अवधिमा बैंकले ८५ अर्ब १७ करोड रुपैयाँ निक्षेप संकलन गरि ७४ अर्ब ६५ करोड रुपैयाँ ऋण लगानी गरेको छ। गत बर्षको यहि अवधिमा बैंकले ६५ अर्ब ७९ करोड रुपैयाँ निक्षेप संकलन गरि ६० अर्ब ७ करोड रुपैयाँ ऋण लगानी गरेको थियो। 

खुद व्याज आम्दनी ५३ प्रतिशतले सुधार हुँदा एक अर्ब ६९ करोड रुपैयाँ आर्जन गरेको छ। व्याज आम्दानी ४१ प्रतिशतले बढ्दा व्याज खर्च ३५ प्रतिशतले मात्रै बढेको छ। यसले गर्दा नाफामा सुधार भएको हो। ऋण लगानीमा २४ प्रतिशतले सुधार हुँदा पूँजी कोष अनुपात गत बर्षको भन्दा २.८४ प्रतिशतले विन्दुले घटेको छ। 

खराव कर्जा ०.११ प्रतिशत विन्दुले बढेर ०.४४ प्रतिशत पुगेको छ। प्रति शेयर आम्दानी ७ रुपैयाँले सुधार हुँदा १९ रुपैयाँ पुगेको छ। आधार व्याज दर थप ०.११ प्रतिशत विन्दुले बढेर १०.९९ प्रतिशत पुगेको छ। 

विवरण (रु हजारमा)

पुस २०७५

पुस २०७४

बृद्धि %

नियामकीय नाफा

803665

471876

70.31

एनएफआरएस अनुसार नाफा

781378

371691

110.22

व्याज आम्दानी

4814065

3407608

41.27

व्‍याज खर्च

3117466

2305079

35.24

खुद व्याज आम्दानी

1696599

1102529

53.88

निक्षेप संकलन

85176247

65798373

29.45

ऋण लगानी

74653510

60072755

24.27

चुक्ता पूँजी

8055693

8055693

0.00

जगेडा कोष

2272465

1567619

44.96

पूँजी कोष अनुपात

12.83

15.67

 

खराव कर्जा

0.44

0.33

 

आधार व्याजदर

10.99

10.67

 

प्रतिशेयर आम्दानी

19.4

12.08