विद्युत प्राधिकरणले पोलको भाडा ५ सय प्रतिशत बढाएकोमा आइएसपीहरुको आपत्ति

बिजमाण्डू
२०७५ माघ ४ गते ०८:५७ | Jan 18, 2019


काठमाडौँ। इन्टरनेट सेवा प्रदायकहरुको छाता संस्था आइस्पानले नेपाल विद्युत प्राधिकरणले यसै आर्थिक वर्षदेखि लागू हुने गरी पोल र ओपिजिडब्ल्यु फाइबर प्रयोग गरेवापतको भाडा एक्कासी बढाएकोमा आपत्ति जनाएको छ।

Tata
GBIME
Nepal Life

आइस्पानका अध्यक्ष भोजराज भट्टद्वारा जारी विज्ञप्तिमा भनिएको छ- भाडादरमा अस्वाभाविक र बिना तथ्यपरक रुपमा ५००% भन्दा बढी भाडा वृद्धि गरेकोमा यस संस्थाको गम्भीर ध्यानाकर्षण भएको छ। हामी इन्टरनेट सेवा प्रदायकहरूले हाल कायम रहेको ग्राहकसँग लिने इन्टरनेट सेवाको शुल्क पुरानो भाडादरलाई आधार (खर्च) मानी दिइरहेकोमा नयाँ भाडादरले हामी सेवा प्रदायकहरुलाई ठूलो अन्योल सिर्जना गरेको छ।'
 
सबै सेवा प्रदायकहरूले नयाँ भाडादर स्वीकार नगर्ने निर्णय गरेको उल्लेख गर्दै प्राधिकरणले सेवा प्रदायकहरुको सेवामा अवरोध सिर्जना गरेमा त्यसको सम्पूर्ण जिम्मेवारी विद्युत प्राधिकरणको नै हुने पनि विज्ञप्तिमा उल्लेख छ।