त्रिभुवन विमानस्थल थप सिंगारिँदै, बुटिक अवधारणा अनुसार मुल गेटमा तयार भयो कलात्मक चौतारी

बिजमाण्डू
२०७५ माघ ३ गते १५:०४ | Jan 17, 2019


काठमाडौं। होटलहरुको छाता संगठन होटल संघ (हान)ले  त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा मौलिक चौतारी र बगैँचा निर्माण गरेको छ ।

Tata
GBIME
Nepal Life

विमानस्थललाई बुटिकको अवधारणा अनुसार ल्याउनका लागि हानले प्रवेशद्वारको दुवैपट्टी नेपाली मौलिकता झल्कने कलात्मक चौतारी र बगैँचा निर्माण गरिएको संघका अध्यक्ष अमरमान शाक्ले बताए।

'बुटिक एयरपोर्टको अवधारणा अनुसार हामीले पर्यटकलाई मुलुकको मौलिकता दर्शाउने उद्धेश्यले कलात्मक चौतारी निर्माण गरेका हौँ।' शाक्यले भने।

सन् २०२० लक्षित नेपाल भ्रमण वर्ष २०२० लक्षित बुटिक एयरपोर्ट निर्माणलाई थप उर्जा र प्रोत्साहन दिनका लागि संघले उक्त कार्य गरेको संघका महासचिव विनायक शाहले जानकारी दिए।

'पछिल्लो समयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्वरुप परिमार्जन हुने क्रममा छ। धेरै व्यवस्थित भइसकेको छ। बुटिक एयरपोर्ट अवधारणालाई मध्यनजर गर्दै हामीले कलात्मक चौतारी निर्माण गरेका हौँ। बुटिक विमानस्थलका लागि हातेमालो गर्दै अगाडि बढ्न चाहन्छौं।' शाहले भने।   

हानका अध्यक्ष अमरमान शाक्यले विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीलाई बगैंचा हस्तान्तरण गरे।

हानले बुटिक विमानस्थल बनाउन गरेको  सहयोगलाई उदाहरणीय भन्दै विमानस्थलका महाप्रवन्धक क्षेत्रीले आगामी दिनमा पनि निरन्तर सहयोग र सहकार्यको अपेक्षा राखे।