फूडमाण्डूको अनलाइन फूड फेस्टिबल, एपबाट अर्डर गर्नुस एक रुपैयाँमै खाना पाउनुहोस्

बिजमाण्डू
२०७५ माघ २ गते १२:२३ | Jan 16, 2019
फूडमाण्डूको अनलाइन फूड फेस्टिबल, एपबाट अर्डर गर्नुस एक रुपैयाँमै खाना पाउनुहोस्


काठमाडौं। फूडमाण्डू प्रालिले अनलाइन फूड फेस्टिबल आयोजना गरेको छ। रुस्लान भोड्काको प्रायोजन र स्वमर्स्बी तथा दराजको सहप्रायोजनमा मंगलबारदेखि सुरु भएको यो फेस्टिबल माघ १०गतेसम्म संचालन हुनेछ।

Tata
GBIME
Nepal Life

कम्पनीका अनुसार फेस्टिभलमा सहभागी रहेका ३० विभिन्न रेष्टुरेन्टहरुले आफ्ना मेन्यूमा विशेष छुट दिनेछन्।यो अवधिमा ग्राहकले मोबाइलमा फुडमाण्डू एप्स डाउनलोड गरेर छुट लिन सक्ने कम्पनीले जनाएको छ।फुडमाण्डूको एप गएर अर्डर गरेमा ५० प्रतिशतसम्मको छुट र १ रुपैयाँमा खाना समेत पाइने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार डिजिटल पेमेन्ट गेटवे खल्तीबाट पेटेन्ट गर्दा थप २० प्रतिशत क्यासब्याक पाउने कम्पनीले जनाएको छ। यो वाहेक विभिन्न गेम खेलेर अरु उपहार पनि पाउने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार दैनिक १० जना ग्राहकहरुले २५ सय रुपैयाँ भन्दा माथिको अर्डरमा १८० एमएलको भोड्का(रुस्लान) पनि निशुल्क प्राप्त गर्नेछन्। यो अवधिमा फ्रि डेलिभरीको व्यवस्था गरिएको कम्पनीले जनाएको छ।यो अवधिमा फुडमाण्डूमा प्रत्येक दिन दुईपटक फ्ल्याश डिल आयोजना हुनेछ भने विभिन्न खानाका परिकारहरुसहितको मिस्ट्री बक्सहरु पनि छुट मूल्यमा उपलब्ध हुनेछ।

पहिलो संस्करणको सफलताबाट निकै उत्साहित भएर यो वर्षपनि अनलाइन फुड फेस्टिभल आयोजना गरिएको कम्पनीका मुख्य कार्यकारी मनोहर अधिकारीले बताए ।‘यो वर्ष हाम्रा ग्राहकहरुका लागि अझ धेरै छुट र अफरका साथ खानाको मेनुमा भेराईटी थप गराएका छौं, जसले तपाईँको खानाको आवश्यकतालाई सजिलै पुरा गर्नेछ,’ उनले भने ।