भारतकै ठूलो स्टक एक्सचेञ्ज एनएसइको अध्यक्षबाट चावलाको राजिनामा, कार्यकाल बाँकी छँदै बाहिरिए




मुम्बइ। भारतकै सबैभन्दा ठूलो स्टक एक्सचेञ्ज कम्पनी नेशनल स्टक एक्सचेञ्ज (एनएसइ) को अध्यक्षबाट अशोक चावलाले राजिनामा दिएका छन्। कार्यकाल बाँकी छँदै पूर्व सरकारी कर्मचारिको राजिनामा आएको हो। उनको कार्यकाल मार्चमा सकिँदै थियो।

अशोक चावला गुजरातको सरकारी क्याडर हुन्। उनलाई २०१६ मा एनएसइको अध्यक्ष नियुक्त गरिएको थियो। उनको कार्यकाल २०१९ मार्च २७ सम्म छ। त्यसअघि नै उनले राजिनामा गरेका हुन्। 
Sipradee


उनले केही समयअघि निजी क्षेत्रको बैंक एस बैंकको गैर कार्यकारी अध्यक्षबाट पनि राजिनामा गरेका थिए। उनी उड्यान सेवा कम्पनी जेट एयरवेजको सञ्चालक पनि हुन्।

एनएसइको अध्यक्ष बन्नुअघि चावला महत्वपूर्ण पदहरुमा बसेर काम गरिसकेका थिए। चावला भातरीय प्रतिस्पर्धा आयोग (सिसिआइ) का प्रमुख भएर पनि काम गरिसकेका थिए। 

उनी वित्त सचिव पनि थिए। उनी स्टेट बैंक अफ इण्डियाको सञ्चालक समितिमा पनि थिए। उनले २००९ देखि २०११ सम्म एसबिआइमा काम गरका थिए। एलआइसीको सञ्चालक पनि भएका थिए।

Share this Story

   

भारतकै ठूलो स्टक एक्सचेञ्ज एनएसइको अध्यक्षबाट चावलाको राजिनामा, कार्यकाल बाँकी छँदै बाहिरिए को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.