अपर हेवा खोला हाइड्रोपावर कम्पनीले शेयर जारी गर्दै, २० लाख कित्ता शेयर फागुनसम्म जारी

बिजमाण्डू
२०७५ पुष २७ गते १४:४२ | Jan 11, 2019
अपर हेवा खोला हाइड्रोपावर कम्पनीले शेयर जारी गर्दै, २० लाख कित्ता शेयर फागुनसम्म जारी

काठमाडौं। अपर हेवा खोला हाइड्रोपावर कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा सर्वसाधारणलाई शेयर निष्काशन गर्ने भएको छ। यसका लागि कम्पनीले बिक्री प्रवन्धकमा एनएमबि क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। 

Tata
GBIME
Nepal Life

कम्पनीले २० लाख कित्ता शेयरको सार्वजनिक निष्काशन गर्न लागेको छ। बिक्री प्रबन्धक सम्झौतामा कम्पनीका प्रबन्ध सञ्चालक डेडराज खड्का र निष्काशन तथा बिक्री प्रवन्धक एनएमबि क्यापिटलका निमित्त प्रमुख कार्यकारी अधिकृत कमलप्रसाद नेपालले हस्ताक्षर गरेका छन्।

कम्पनीको प्रदेश नं. १ अन्तर्गत संखुवासभा जिल्लाको पाँचखपन र चैनपुर नगरपालिका भएर बहने हेवाखोलामा ८.५ मेगावाट क्षमताको जलविद्युत आयोजना अहिले निर्माणको चरणमा रहेको छ। 

कम्पनीले ५ लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई र  बाँकी १५ लाख कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरिने जानकारी दिएको छ।

फागुन मसान्त भित्रमा सर्वसाधारणको लागि शेयर निष्काशन गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ।