काठमाडौंका मेयर पनि कस्सिए: शहर सुन्दर बनाउन सडक छेउका तार हटाउने अभियान




काठमाडौँ। काठमाडौँ महानगरपालिका सडक छेउमा अव्यवस्थित रूपमा छरिएर रहेका तार व्यवस्थापन गर्दै शहर सुन्दर बनाउने कार्यमा लागेको छ। 

महानगरका प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार अघिल्लो मङ्सिरबाटै काम शुरु गरेको भए पनि अहिले बढी महत्वका साथ काम भइरहेको छ। “अव्यवस्थित रूपमा विभिन्न निकायले राखेका तारले शहरको सौन्दर्य बिगारेको छ, त्यसैले ती सबै तार हटाउँदै सम्बद्ध निकायलाई आगामी दिनमा जथाभावी तार नराख्न आग्रहसमेत गरिएको छ”, प्रवक्ता डङ्गोलले भने।  
Tata Nexcon AMT


उनका अनुसार विभिन्न निकायले यत्रतत्र तार छरेर शहरलाई कुरूप बनाएका थिए, अब ती सबै हटाइन्छ र व्यवस्थितरूपमा टाँगिएको तार मात्र राखिने गरी काम अघि बढिरहेको छ। 

पुतलीसडक, प्रदर्शनीमार्ग, लौनचौर, सोल्टी होटल जाने बाटो, राष्ट्रपति कार्यालय वरपरका स्थानका तार व्यवस्थापनको काम पहिलो चरणमा भइसकेको छ। 
  
अहिलेसम्ममा मिनी टाटाको ७० टिप तार जम्मा भइसकेको छ। सङ्कलित तारमा सबैभन्दा बढी इन्टरनेट केबल सेवा प्रदायकका तार र टेलिफोनका छन्। सङ्कलन भएका तारलाई टेकुमा लगेर राखिएको छ। 

सुरक्षाको दृष्टिले जोखिम बनेका, भुइँमा लतारिएका, प्रयोग नगरिएका तारले थप समस्या निम्त्याउने भएकाले तिनको व्यवस्थापन गर्नु अत्यावश्यक भएको र शहर सुन्दर देखाउन व्यवस्थापनको काम गरिएको हो।  

साथै सडकको बीचमा रहेको खम्बा र आसपासमा भएका जीर्ण रुखका हाँगा हटाउने काममा पनि कामपाको ध्यान जान थालेको छ। यस किसिमको समस्या विशषेगरी म्हेपी क्षेत्रको सडकमा रहेको छ। वडा नं १६, १७ लगायतका स्थानमा उक्त काम भइरहेको छ भने अन्य वडामा पनि वडाध्यक्षहरूले उक्त काम गरिरहेका छन्।

Share this Story

   

काठमाडौंका मेयर पनि कस्सिए: शहर सुन्दर बनाउन सडक छेउका तार हटाउने अभियान को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.