एनबी बैंकको सहायक कम्पनी नेपाल बंगलादेश क्यापिटललाई सञ्चालन स्वीकृति, माघबाट कारोबार

बिजमाण्डू
२०७५ पुष २७ गते ११:०७ | Jan 11, 2019
एनबी बैंकको सहायक कम्पनी नेपाल बंगलादेश क्यापिटललाई सञ्चालन स्वीकृति, माघबाट कारोबार

काठमाडौं। नेपाल बंगलादेश क्यापिटलले मर्चेन्ट बैंकरको कारोबार गर्नका लागि अनुमति पाएको छ। धितोपत्र बोर्डले बिहीबार स्वीकृति दिएको हो।

Tata
GBIME
Nepal Life

नेपाल बंगलादेश (एनबी) बैंकको सहायक कम्पनीका रुपमा खुल्न लागेको कम्पनीको चुक्ता पूँजि २० करोड रुपैयाँको हुने छ। यसले भविस्यमा सर्वसाधारणलाई समेत शेयर जारी गर्ने बैंकले जनाएको छ।

संस्थाले माघभरीमा कारोबार सञ्चालन गर्ने लक्ष्य लिएको छ। कम्पनीका अध्यक्ष सुरेन्द्रभूषण श्रेष्ठलाई बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले अनुमति प्रमाणपत्र हस्तान्तरण गरेका छन्। कम्पनीका प्रमुख कार्यकारी अधिकृत कबिन्द्र दाहाल हुन्।

कमलादीमा केन्द्रीय कार्यालय रहेको कम्पनीले निष्काशन तथा बिक्री प्रबन्धक, धितोपत्र प्रत्याभूति, शेयर रजिष्ट्रेशन, लगानी ब्यवस्थापन र संस्थागत परामर्श सेवा उपलब्ध गराउने छ।