सेबोनले वर्षदिन खोज्दा पनि भेेटेन घर, काम गर्न सकस, 'पुरानैलाई ठाउँ छैन नयाँ कर्मचारी कहाँ राख्ने





काठमाडौं। नेपाल धितोपत्र बोर्डले एक वर्ष अघिदेखि कार्यालय प्रयोजनको लागि भाडाको घर खोज्दा पनि नपाएपछि दोहोर्याएर सूचना जारी गरेको छ।

धितोपत्र तथा बस्तु विनिमय बजारको नियामक निकाय बोर्डले नयाँ २४ जना कर्मचारी नियुक्ती गरेसँगै हालको कार्यालय भवन साँघुरिएको हो।
Tata Nexcon AMT


पुराना कर्मचारी हुँदा नै असहज रहेको बोर्डको बसाई नयाँ कर्मचारी थपिएसँगै काम गर्न नै ग्राह्रो परेको बोर्डका अध्यक्ष रेवत बहादुर कार्कीले बताए।

बोर्डले एक वर्ष अगाडिदेखि कार्यालय प्रयोजनको लागि भाडामा घर खोज्दै आएको भएपनि पाउन सकेको छैन। उपयुक्त घर पाउन नसके पछि बोर्डले पुनः सूचना जारी गर्नु परेको कार्कीले जानकारी दिए।

जग्गा छ, घर छैन

बोर्डको पाटनमा आफ्नै जग्गा भए पनि त्यहाँ हाल प्रहरी कार्यालय बसेको छ। बोर्डले धेरै पटक उक्त जग्गा प्राप्त गर्न प्रयास गरेको भए पनि सफल हुन सकेको छैन। बोर्डले धेरै वर्ष अगाडिदेखि कार्यालय प्रयोजनको घर निर्माण गर्ने बजेट छुट्याउँदै आएको छ।

बीमा समितिले हाल निर्माण गर्न लागेको भवनमा बोर्डले आफ्नो पनि सहभागिताको प्रस्ताव गरेको थियो। बोर्डको प्रस्तावलार्इ समितिले अस्वीकार गरेको बोर्डका एक निर्देशकले जानकारी दिए। उनले भने 'दुर्इ नियामकीय निकाय एकै ठाउमा बसौं भन्ने प्रस्ताव गरेका थियौ उहाँहरुले मान्नु भएन'।

यस्तो घर चाहियो

बोर्डले उपत्यका भित्र रामशाहपथ, थापाथली, त्रिपुरेश्वर, बबरमहल, कालिकास्थान, पुतलीसडक, कमलपोखरी, बालुवाटार, लाजिम्पाट, नक्साल, ज्ञानेश्वर, गौशाला, बानेश्वर आसपास क्षेत्रका कुनै एक स्थानमा आफ्नो कार्यालय खोल्न चाहेको  बताएको छ।

बोर्डले २० वटा चारपाङ्ग्रे सवारी साधन, ६० वटा मोटरसाइकल पार्किङ गर्न मिल्ने, ४० देखि ५० वटा कोठा भएको कम्तिमा पनि १५ हजार वर्गफिट क्षेत्रफल भएको कार्यालय खोजेको जनाएको छ।
 

 

 

Share this Story

   

सेबोनले वर्षदिन खोज्दा पनि भेेटेन घर, काम गर्न सकस, 'पुरानैलाई ठाउँ छैन नयाँ कर्मचारी कहाँ राख्ने को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.