दूरसंचार प्राधिकरणको निमित्त प्रमुखमा पुरुषोत्तम खनाल, अध्यक्षसरह प्रशासनिक र आर्थिक अधिकार





काठमाडौं । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणका प्रशासन तथा अनुमति शाखा प्रमुख पुरुषोत्तम खनाललाई निमित्त कार्यालय प्रमुखको जिम्मेवारी दिएको छ ।

मन्त्रालयले बुधबार खनाललाई प्रशासनिक र आर्थिक अधिकार प्रयोग गर्ने गरी कार्यालय प्रमुख तोकिएको पत्र दिएको हो । ‘प्राधिकरणको प्रशासनिक र आर्थिक अधिकार प्रयोग गर्ने गरी निमित्त कार्यलय प्रमुखको जिम्मेवारी बुधबार मन्त्रालयले दिएको छ,’ खनालले विजमाण्डूसँग भने । अब उनले प्राधिकरणको अध्यक्षले प्रयोग गर्ने अधिकार सरहको अधिकार प्रयोग गरी दैनिक प्रशासनिक कार्य सञ्चालन गर्न पाउनेछन् । योसँगै प्राधिकरणको बार्षिक कार्यक्रमहरु पनि खनालले कार्यन्वयन गर्न सक्नेछन् । तर, प्राधिकरणको बोर्ड बैठक राख्ने अधिकार भने खनाललाई दिइएको छैन ।
Tata Nexcon AMT


त्यसबाहेक, अदालतमा प्राधिकरणको तर्फबाट कुनै विषयका मुद्धाको प्रतिरक्षा गर्ने अधिकार पनि खनालले प्रयोग गर्न पाउनेछन् ।  प्राधिकरणका अध्यक्ष दिगम्बर झाले राजीनामा दिएपछि सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्राधिकरणमा अध्यक्ष पछि दोस्रो हैसियत बरिष्ठ निर्देशक आनन्दराज खनाललाई मन्त्रालयल तानेर तेस्रो हैसियतका वरिष्ठ निर्देशक एवं  प्रशासन तथा अनुमति शाखा प्रमुख रहेका खनाललाई अर्को व्यवस्था नभएसम्मको लागि निमित्त प्रमुखको जिम्मेवारी दिएको हो । 

Share this Story

   

दूरसंचार प्राधिकरणको निमित्त प्रमुखमा पुरुषोत्तम खनाल, अध्यक्षसरह प्रशासनिक र आर्थिक अधिकार को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.