इसेवा फोनपेको भूक्तानी पनि अब क्युआर कोडबाट हुने, युनियन पेसँग गर्यो सम्झौंता

बिजमाण्डू
२०७५ मंसिर २७ गते १२:५० | Dec 13, 2018
इसेवा फोनपेको भूक्तानी पनि अब क्युआर कोडबाट हुने, युनियन पेसँग गर्यो सम्झौंता


काठमाडौं। इसेवा फोनपे र युनियन पे इन्टरनेशनलवीच नेपालमा क्युआर कोडमार्फत मोवाइल भूक्तानी प्रणाली सञ्चालन गर्न सम्झौता भएको छ।

Tata
GBIME
Nepal Life

यो सम्झौतापछि युनियन पेका नेपाली तथा विदेशी ग्राहकले मोवाइलबाट क्युआर कोड प्रयोग गरी नेपालका विभिन्न मर्चेन्टलाई भूक्तानी दिन सक्नेछन्।

सम्झौतामा युनियन पे इन्टरनेशनल कम्पनी लिमिटेड (युपिआई)का प्रडक्ट डाइरेक्टर सुशान फिलिप गैडान तथा इसेवा फोनपेको प्यारेन्ट कम्पनी एफवान सफ्ट इन्टरनेशनलका अध्यक्ष विश्वास ढकालले हस्ताक्षर गरे।

क्युआर पेमेन्ट प्रविधि घर्षणरहित मोवाइल भूक्तानी प्रणाली हो। यो सेवा कार्ड पेमेन्ट तथा प्वाइन्ट अफ सेल्स जस्ता पेमेन्ट टर्मिनललाई प्रयोग गरी हुने भूक्तानी प्रणालीको विकल्पमा सस्तो समेत हुन्छ।

इसेवा फोनपेले रणनीतिक साझेदारी गरेको युनियन पे चीनको राष्ट्रिय बैकको कार्ड एशोसिएशनको संस्था युनियनपेको सब्सिडरी हो। यो कम्पनीले विश्वभरका तीन सय संस्थासँग साझेदारी गरेको छ। यो कम्पनीको कार्ड १७० देशमा काम गर्छ भने ३० देशमा यो कम्पनीको कार्ड जारी हुन्छ। अहिले क्युआर कोड सेवा २६ देशमा सञ्चालनमा छ।

युनियन पे इन्टरनशेनलले उच्च गुणस्तरको सुपथ र सुरक्षित रुपमा अन्तरदेशीय पेमेन्ट सेवा सञ्चालन गर्दै आएको छ। जोसँग विश्वमा सबैभन्दा ठूलो कार्ड होल्डरहरुको आधार समेत छ। यसले परम्परागत रुपमा स्थानीय सेवासमेत दिन्छ जसका कारण युनियन पेका कार्डहोल्डर तथा त्यस कम्पनीसँग जोडिएका मर्चेन्ट समेत बढ्दै गैरहेका छन्।

इसेवा फोनपेले नेपालमा अनलाइन पेमेन्ट प्रणालीमा नेतृत्वदायी भूमिका निर्वाह गरेको छ। यसको सञ्जालमा नेपालभर ३५ हजार एजेन्ट, एक हजार मर्चेन्ट र ४९ साझेदार बैंक जोडिएका छन्। कम्पनीले हाल चार सय जनालाई रोजगारी प्रदान गरिरहेको छ।