राष्ट्र बैंकलाई अटेर गर्दै संस्थागत निक्षेपको ब्याजमा पनि प्रतिस्पर्धा, बीमा कम्पनीले १३% पाए

बिजमाण्डू
२०७५ मंसिर २७ गते ११:१५ | Dec 13, 2018
राष्ट्र बैंकलाई अटेर गर्दै संस्थागत निक्षेपको ब्याजमा पनि प्रतिस्पर्धा, बीमा कम्पनीले १३% पाए

काठमाडौं। ब्यक्तिगत निक्षेपमा मात्र प्रतिस्पर्धा गरिरहेका बाणिज्य बैंकहरु पछिल्लो समय संस्थागत निक्षेपमा पनि ब्याज बढाबढमा लागेका छन्। बैंकर्स संघको सहमति र राष्ट्र बैंकको नियामकीय प्रावधान बिपरित बाणिज्य बैंकहरुले संस्थागत निक्षेपमा पनि प्रतिस्पर्धा थालेका हुन्।

Tata
GBIME
Nepal Life

राष्ट्र बैंकको प्रवाधान अनुसार प्रकाशितभन्दा एक प्रतिशत बिन्दु बढि मात्र संस्थागतलाई ब्याज दिन पाइन्छ। बैंकर्स संघले ११ प्रतिशतभन्दा बढि नदिन समझदारी गराएको छ। केही बैंकहरुले भने ब्यक्तिगत निक्षेप सरह नै संस्थागतलाई १३ प्रतिशत ब्याज दिन थालेका हुन्।

'हामीले १३ प्रतिशतमा अहिले निक्षेप राखिरहेका छौं। त्यो पनि बाणिज्य बैंकहरुमा' एक बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले भने, 'आपसी समझदारीमा पैसा दिइरहेका छौं।'

बैंकर्स संघ र राष्ट्र बैंकमा पनि यस बारेमा गुनासो परेको स्रोतको दावी छ। राष्ट्र बैंकका अधिकारीहले संस्थागत निक्षेपमा बढि ब्याज दिएको भन्ने उजुरी परेको पुष्टी गर्दै त्यसको स्थलगत निरिक्षण गरेर ठाउँमा ल्याउने बताएका छन्।

संस्थागत मुद्दतिको ब्याजमा प्रतिस्पर्धा चल्दा ब्याज महँगो भएको भन्दै बैंकरले सहमति गरेका थिए। राष्ट्र बैंकले पनि प्रकाशितभन्दा २ प्रतिशत बिन्दुै बढि दिन पाइने नियामकीय प्रवाधानाई घटाएर एक प्रतिशत बिन्दुमा झारेको थियो।