आरबिआइको गभर्नरमा शक्तिकान्त दाश, नोटबन्दीमा प्रमुख भूमिका निभाएका दाशलाई किन ल्याइयो?

बिजमाण्डू
२०७५ मंसिर २५ गते २०:०४ | Dec 11, 2018


काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केन्द्रीय बैंक भारतीय रिजर्व बैंकको गभर्नरमा शक्तिकान्त दाशलाई नियुक्त गरेका छन्।

Tata
GBIME
Nepal Life

उर्जित पटेलले नौ महिना कार्यकाल बाँकी रहँदा राजीनामा गरेको भोलीपल्टै मोदी सरकारले दाशलाई नियुक्त गरिएको हो। पटेलले व्यक्तिगत कारण देखाउँदै राजीनामा गरेपनि मोदी सरकारले केन्द्रीय बैंकलार्इ हस्तक्षेप गरेको आरोप छ।

 दाश सन् २०१५देखि ०१७सम्म अर्थसचिव थिए। गत वर्ष मात्रै उनी सचिवबाट रिटायर्ड भएका थिए। मोदी सरकारले सन् २०१६मा गरेको नोटवन्दीको योजना बनाउन दाशले महत्वपूर्ण भूमिका निभाएका थिए।

दाश १५औं वित्त आयोगका सदस्य समेत हुन्। उनको कार्यकाल तीन वर्षको हुनेछ। दाशका बारेमा अर्थमन्त्री अरुण जेट्लीले सार्वजनिक कार्यक्रममा पटक/पटक प्रशंशा गर्दै आएका छन्। उनले दाशको प्रशासनिक कौशलको प्रशंशा गरेका हुन्।