गभर्नरलाई महासंघको प्रश्न: ब्याज बढिरहेको छ, भएका आयोजनाको लगानी बढ्यो, नयाँ कसरी आउँछन्?

बिजमाण्डू
२०७५ मंसिर २५ गते १६:५९ | Dec 11, 2018
गभर्नरलाई महासंघको प्रश्न: ब्याज बढिरहेको छ, भएका आयोजनाको लगानी बढ्यो, नयाँ कसरी आउँछन्?

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले व्यवसायीले थेग्न नसक्ने गरी बैंकहरुको ब्याजदर वृद्धि भएको भन्दै नेपाल राष्ट्र बैंकको ध्यानाकर्षण गराएको छ। गभर्नर डा. चिरञ्जिवी नेपाललाई भेटेर महासंघकी अध्यक्ष भवानी राणाले ऋणीको कर्जा तिर्ने क्षमता विचार नगरी ब्याजदर बढाइएको भन्दै त्यसले व्यवसायमा कठिनाई उत्पन्न हुने बताएकी छन्। 

Tata
GBIME
Nepal Life

ब्याजदर वृद्धिले निर्माणाधीन आयोजनाको लागत बढ्ने र नयाँ आयोजना कार्यान्वयनमा समेत बाधा पुर्याउने भन्दै महासंघले उद्योगको प्रतिस्पर्धी क्षमतामा पनि ह्रास ल्याइरहेको राणाले बताइन्। महासंघले ब्याजदर वृद्धि नियन्त्रणका सन्दर्भमा राष्ट्र बैंकलाई केही सुझाव पनि दिएको छ। 

महासंघले बैंकहरुको कूल निक्षेपको ४५ प्रतिशत संस्थागत निक्षेप हुनुपर्ने विद्यमान व्यवस्था परिमार्जन गरी त्यसलाई २५ प्रतिशतमा ल्याउनुपर्ने सुझाव दिएको छ। यस्तै निक्षेप र कर्जाको ब्याजदर अन्तर तीन प्रतिशत कायम गराउन पनि माग गरेको छ। 

उद्योगी व्यवसायीले प्रत्येक वर्ष लेखा परीक्षण भएको वित्तीय प्रतिवेदन बैंकलाई दिइरहेको अवस्थामा त्रैमासिकरुपमा बैंकलाई स्टक सर्टिफाई गरेर बुझाउनुपर्ने व्यवस्थाले प्रशासनिक खर्च बढ्ने भएकाले कम्पनीहरुले तयार गरेको त्रैमासिक स्टक रिपोर्टलाई मान्यता दिनुपर्ने महासंघको सुझाव छ।