ब्याज बढाउन हुन्न भन्ने बैंककै सिइओहरु प्रतिस्पर्धामा, बैंकर्स संघका अध्यक्षले पनि बढाए ब्याज

बिजमाण्डू
२०७५ मंसिर २५ गते १६:०६ | Dec 11, 2018
ब्याज बढाउन हुन्न भन्ने बैंककै सिइओहरु प्रतिस्पर्धामा, बैंकर्स संघका अध्यक्षले पनि बढाए ब्याज

काठमाडौं। बैंकर्स संघले ब्यक्तिगत निक्षेपको ब्याज बढाउन बैकहरुलाई खुला गरिदिएपछि ११ बाणिज्य बैंकहरु प्रतिस्पर्धामा उत्रिएका छन्। प्रतिस्पर्धामा बैंकर्स संघका अध्यक्षसमेत रहेका एनबी बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुङ्गाना पनि सामेल भएका छन्।

Tata
GBIME
Nepal Life

सुरुमा जनता बैंकले ब्याज १२ प्रतिशत पुर्याएपछि भोलिपल्ट माछापुच्छ्रेले साढे १२ प्रतिशत ब्याज पुर्याएको थियो। त्यसपछि मेगा र सिभिलले १३ प्रतिशत पुर्याएका थिए।

बैंकर्स संघको साधारणसभामा अर्थमन्त्री डा. युवराज खतिवडा र गभर्नर डा. चिरञ्जिबी नेपालले ब्याज नबढाउन सुझाब दिएका थिए। अर्थमन्त्री र गभर्नर मिलेर ब्याज नबढाउन भनेपनि प्रतिस्पर्धा  थामिएको छैन। 

अध्यक्ष ढुङ्गानाको बैंकले ब्याज साढे १२ प्रतिशत पुर्याइसकेको छ। यसवाहेक सेञ्चुरी, लक्ष्मी, सिद्धार्थ, प्राइम, सनराइजलगायत बैंकले ब्याज बढाएका छन्। 

'रमाइलो कुरा के छ भने जसले बैंकर्स संघमा ब्याज बढाउनु हुँदैन भनेर तर्क गर्थे उनीहरु नै अहिले रेसमा लागेका छन्' एक बैंकका प्रमुख कार्यकारी अधिकृतले बिजमाण्डूसँग भने, 'अब उनीहरुले कुन नैतिकताले ब्याज बढाउन हुन्न भन्न सक्छन्? सहमतिको कुरा गर्न सक्छन्?'

बाणिज्य बैंकहरुले विकास बैंक र फाइनान्स कम्पनीलाई समेत उछिनेर ब्याज बृद्धि गरेका छन्। विकास बैंक र फाइनान्स कम्पनीहरुले साढे १२ प्रतिशतभन्दा माथि ब्याज दिएका छैनन्। तर बैंकको ब्याज १३ प्रतिशत प्रकाशित भइसकेको छ। आधा प्रतिशत बढाएर दिन पाइने भएकाले बैंकको ब्याज साढे १३ प्रतिशत पुगिसकेको छ। 

पुराना र अनुभवी बैंकरले भने यसपाली सुझबुझ अपनाएका छन्। सँधैझै स्ट्यान्डर्ड चार्टर्ड बैंकले ब्याज दरमा खासै चासो राखेको छैन। नबिल, नेपाल इन्भेष्टमेन्ट, हिमालयन, एभरेष्ट, एसबिआइ बैंकले पनि ब्याज बृद्धि गरेका छैनन्।

सिटिजन्स, सानिमाजस्ता बीचमा आएका बैंकले पनि ब्याज बढाएका छैनन्। एनआइसी एसिया बैंक पनि यसपाली ब्याज बृद्धि नगरी बसेको छ। 

Bank's Name FD – Retail Tenure
Century Bank 13.00% 6m-2 Years
12% 1m- 2 years
NIC Asia Bank 10.00 3m-1year
10.00 1 years to 5 years
10.00 5 Years and above
Global IME Bank 10.00 1-6m
10.00 6m- Below 1 yr
10.00 1yr- 2yr
10.00 Ab 2 yrs
10.00 Glbal Awakash Muddati Khata
Sanima Bank 10.00 3m-2yrs
SCBNL 2.00 7-28 days
3.50 59 days
7.00 91 days
8.00 121-182 days
9.00 1 year
6.00 2 year
6.50 3 Years and above
Himalayan Bank 7.00 3M
9.00 6M
10.00 1yr
10.00 2yrs and above
Nepal SBI Bank 9.00 1m-3m
9.50 3m-6m
10.00 6m-1year
10.00 1yr-2yrs
10.00 2yrs-3yrs
10.00 3year-10years
9.50 101 Days
10.00 201 Days
NB Bank 8.50 1 Month-6 months
9.50 6m-1 Year
12.50 1 year & above
Everest Bank 5.00 15 Days to 1Month
7.00 1Month-3 Months
9.00 3-6Months
9.50 6m-1year
10.00 1 year to less than 5 years
Negotiable 5 year and above
BOK  8.50 3 Months
9.00 100 Days
9.50 6 Months
10.00 210 Days
10.00 9 Months
10.00 1 year
10.00 15 Months
10.00 18 month
10.00 2 Years
10.00 2yr-5yr
NCC Bank 6.00 15 Days
7.00 1m
8.00 2m
9.00 3m
10.00 120 days- 1 year
Nabil 6.00 1 Month
7.00 3 Months
9.50 6 Months
10.00 1 Year
10.00  Above 1 Year – 2 Years
10.00 2 year-5 Years
Machhapuchhre Bank 9.00 Below 3 Months
10.00 3 Months to 1 year
10.00 Above 1 year
12.5 Upto 5 Years
Kumari Bank 10.00 Upto 1 yr
10.00 above 2yr- 5 yrs
10.00 100 Days
13% Upto 3 years
Laxmi Bank 12.00 Below 1 year
12.00 1 year
Siddhartha Bank 12.50 Up to 5 years
ADBL 8.00 3 months
9.50 6 months
7.50 1 Year
7.50 Above 1 year and upto 2 years
Citizens Bank International 10%  
Prime Bank 10.00 Upto 90 days
12.50 90 days and above
   
Sunrise Bank 7.00 6 Months
7.50  1 Year
8.00 18 Months and above
11.50 Below 6 months
12.00 6 months and above
NMB Bank 7.25 Below 3m
10.00 3m-6m
10.00 6m-2 yrs
9.00 2yr<5yr
Prabhu Bank 10.00 upto 2 yrs and above
9.00 5 years
   
Janata Bank 7.25 15 Days-1Month
8.00 Above 1 month- 3 Months
9.00 3 months- 6 months
10.00 6 months- 5 years
12 75 days and above
Mega Bank Nepal 13.00 Upto 5 years
Civil Bank 10.00 Upto 1 year
13.00 above 1 year
Nepal Bank 8.50 3m
9.50 6m
10.00 1 year
9.50 1 year – 2 years
9.00 2 Years upto 5 years
RBB 5.50 3m
6.00 6m
6.25 1yr
6.50 13m-18m
6.75 2yrs
7.00 3yrs
NIBL 8.5 Upto 6 months
9 above 6m- 1 year
10 above 1 year