गभर्नरले राजीनामा दिएपछि नरेन्द्र मोदीका आर्थिक सल्लाहकारले पनि दिए राजीनामा

बिजमाण्डू
२०७५ मंसिर २५ गते १४:२२ | Dec 11, 2018
गभर्नरले राजीनामा दिएपछि नरेन्द्र मोदीका आर्थिक सल्लाहकारले पनि दिए राजीनामा

मुम्बइ। भारतीय केन्द्रीय बैंकका गभर्नर उर्जित पटेलको राजीनामापछि प्रधानमन्त्रीका आर्थिक सल्लाहकारले पद त्याग गरेका छन्।

Tata
GBIME
Nepal Life

भारतका प्रसिद्ध अर्थशास्त्री सुरजित भल्लाले प्रधानमन्त्री नरेन्द्र मोदीको आर्थिक सल्लाहकार परिषद्बाट राजिनामा गरेका हुन्। उनले डिसेम्बर १ मै राजीनामा दिएको बताइएको छ।