९.५१ मेगावाटको माई बेनी जलविद्युतको क्रेडिट रेटिङ, मध्यम जोखिमको आयोजना

बिजमाण्डू
२०७५ मंसिर २५ गते ११:०८ | Dec 11, 2018


काठमाडौं। सामलिङ पावर कम्पनीले ९.५१ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माणको एक अर्ब ३९ करोड रुपैयाँको ऋणको रेटिङ गराएको छ।

Tata
GBIME
Nepal Life

इक्रा नेपालले गरेको रेटिङ अनुसार कम्पनीले दीर्घकालिन ऋणको लागि 'इक्रा एनपि डबल वि माइनस' प्राप्त गरेको छ। यसले मध्यम किसिमको जोखिम रहेको संकेत गर्दछ। कम्पनीले इलाम जिल्लामा मार्इ बेनी हाइड्रोइलेक्ट्रिक प्रोजेक्ट निर्माण गर्ने भएको छ। कम्पनीले नेपाल विद्युत प्राधिकरण सँग हिउँदमा प्रति युनिट ८.४० रुपैयाँ र वर्षामा प्रति युनिट ४.८० रुपैयाँमा खरिद सझौता गरिसकेको छ।

विद्युत उत्पादन केन्द्रदेखि सबस्टसेन ४ किलोमिटरको दुरीमा रहेको हुँदा विद्युत बिक्रीको लागि कुनै समस्या नभएको अध्ययनमा छ। आयोजना निर्माणको कार्य भर्खर सुरु भएको छ। संस्थापक लगानीकर्ताले आयोजना निर्माणको लागि पूँजीको ५७ प्रतिशत भूक्तानी गरिसकेका छन्। आयोजनाको निर्माण ४/५ वर्ष लाग्ने गरेको पाइन्छ।

आयोजनाको प्रतिमेगावाट लागत १९ करोड ६० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ। कुल लागतको ७५ प्रतिशत ऋणबाट र २५ प्रतिशत शेयर पूँजीबाट जुटाउने कम्पनीले जनाएको छ। कम्पनीको प्रमुख लगानीकर्तामा सीर्इ कन्स्ट्रक्सन, उर्जा डेभलपर, मोहन विक्रम कार्की, बाल गोपाल बैद्य र ग्राण्डी होल्डिङ प्राइभेट लिमिटेड रहेको छ।