खुलेदेखि कमलादीमा कर्पोरेट कार्यालय रहेको सिभिल बैंक सिटिसी मल सर्यो, दुई ठाउँमा मूख्य शाखा

बिजमाण्डू
२०७५ मंसिर २५ गते १०:२३ | Dec 11, 2018
खुलेदेखि कमलादीमा कर्पोरेट कार्यालय रहेको सिभिल बैंक सिटिसी मल सर्यो, दुई ठाउँमा मूख्य शाखा

काठमाडौ। स्थापनाकालदेखि नै कमलादीमा केन्द्रीय कार्यालय राखेर कारोबार गरिरहेको सिभिल बैंक सुन्धारास्थित सिटिसी मलमा सरेको छ। सरकारले कमलादी क्षेत्रको बाटो बिस्तार गर्ने भएपछि सिभिल बैंक बसेको बिल्डिङ भत्किने भएको छ। त्यसैले बैंकले आफ्नो केन्द्रीय कार्यालय सिटिसी मलमा सारेको प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङले जानकारी दिए।

Tata
GBIME
Nepal Life

केन्द्रीय कार्यालय सरे पनि फागुन पहिलो सातासम्म शाखा कार्यालय भने कमलादीमै रहने छ। त्यसपछि अहिले मूख्य कार्यालय रहेको पछाडिपट्टी हेरिटेज प्लाजामा मूख्य शाखा कार्यालय सञ्चालन हुने छ। अहिले हेरिटेज प्लाजामा बैंकको एलसी र इबैंकिङ विभाग छ। यी विभाग पनि सिटीसी मलमा सर्ने छ। हेरिटेज प्लाजामा बैंकले ३६ सय स्क्वायर फुट लिएको छ।

बैंकका अध्यक्ष इच्छाराज तामाङले निर्माण गरेको सिटिसी मल उनले त्यहाँ पसल गर्नेहरुलाई बिक्री गरिसकेका छन्। बैंकले आफ्नो मूख्य कार्यालय सार्नका लागि दुई पटकसम्म घरका लागि बिडिङ गराएको थियो। तर उपयुक्त घर फेला नपरेपछि बैंकले सिटिसी मलका ब्यवसायीहरुसँग करारमा चार वटा फ्लोर लिएको छ।

'५३ जना कवलधनीहरुसँग हामीले ७३ वटा युनिट १० बर्षका लागि लिने समझदारी गरेका छौं' उनले भने, 'राष्ट्र बैंकले पनि स्वीकृति दिएपछि हामी सिटिसी मलमा सरेका छौं।' बैंकले सिटीसी मल मूख्य कार्यालयबाट बुधबारदेखि औपचारिक कारोबार सुरु गर्ने छ।

सिटिसी मलको भूँइदेखि तेस्रो तलासम्म पश्चिमपट्टिको भाग बैंकले लिएको हो। बैंकले कुल २६ हजार ५ सय स्क्वायर फुट लिएको छ। 'अब हाम्रो सिटीसी मल र हेरिटेज प्लाजा दुबैतिर मूख्य शाखा कार्यालय हुने छ' उनले भने।