सिद्धार्थ बैंकको ऋणपत्र आजदेखि, १०.५०% मा ७ वर्षको लागि लगानी गर्ने अवसर

बिजमाण्डू
२०७५ मंसिर २३ गते १४:३५ | Dec 9, 2018


काठमाडौं। सिद्धार्थ बैंकले ४ लाख ५० हजार कित्ता ऋणपत्र आजदेखि सर्वसाधारणको लागि निष्काशन गरेको छ। बैंकले २२ हजार ५०० कित्ता ऋणपत्र सामूहिक लगानी कोषको लागि सुरक्षित गरेको छ।

Tata
GBIME
Nepal Life

नेपाल धितोपत्र बोर्डबाट २ अर्ब २५ करोड रुपैयाँको ऋणपत्र निष्काशन गर्ने अनुमति पाएको थियो। बैंकले २० प्रतिशत ऋणपत्र सर्वसाधारणको लागि सार्वजनिक निष्काशन गर्न लागेकव् हो। सर्वसाधारणले न्यूनतम २० कित्तादेखि अधिकतम एक लाख कित्तासम्मको लागि आवदेन दिन पाउने धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक एनआर्इबिएल एस क्यापिटलले जनाएको छ।

बैंकले पहिलो चरणमा मंसिर २६ गतेसम्म बिक्री खुला गर्नेछ। यदि पहिलो चरणमा बिक्री नभएमा ढिलोमा पुस २३ गतेसम्म बिक्री खुला राख्ने क्यापिटलले जनाएको छ। ऋणपत्र निष्काशनका लागि गरिएको क्रेडिट रेटिङ अनुसार बैंकले 'इक्रा एनपी एल ट्रपल वि प्लस' प्राप्त गरेको छ। यस रेटिङले मध्यम कर्जा जोखिमको संकेत गर्ने क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले जनाएको छ।

बैंकले यस अघि तीन पटक ऋणपत्र निष्काशन गरिसकेको छ। अहिलेको निष्काशनसहित बैंकले तीन अर्ब ४५ करोड रुपैयाँको ऋणपत्र निष्काशन गर्नेछ।