अनशन बस्दैमा सरकारले शेयर मूल्य बढाउन सक्दैन्, रामशरण खरेलको विचार




चालू आर्थिक वर्षको हालसम्मको अवधिमा बैंकहरुले निक्षेपको दुई गुणा कर्जा प्रवाह गर्ने, ६ महिनामा जानु पर्ने कर्जा तीन महिनामै प्रभवाह गरिसक्ने अनि सिसिडी रेसियो नाघ्न लाग्यो भनेर हारगुहार गर्ने, सिसिडी रेसियो परिवर्तन गराउन अनावश्यक पहल गर्ने, स्थानीय सरकारको खातामा रहेको नगदको ५० प्रतिशत निक्षेपको रुपमा गणना गर्न पाउने नियम ल्याइदिएको भोलिपल्टदेखि धमाधम ब्याजदर बढाउन थाल्ने । यो कस्तो व्यवहार हो? 
---
शेयर बजारका लगानीकर्ताहरु अनसन बस्ने कुरा अहिले बाहिर आइरहेको छ। अनसन बसेर लगानीको प्रतिफल प्राप्त हुने होइन । यो गलत काम हो । आफू स्वविवेकले लगानी गर्ने अनि त्यसको प्रतिफल अरु कसैले सुनिश्चित गरिदिनु पर्ने हो र? कुनै समयमा कसैले छोटो अवधिमा नै अकुत सम्पति कमाएका थिए, अब त्यसैगरी हामीले पनि कमाउन पाउनु पर्छ भन्ने हो र? 

बजार आफैँले मूल्य निर्धारण गर्छ । हामीले त त्यसमा अवरोध आउने विषयलाई सहजीकरण गर्ने हो। कसैले अनावश्यक तवरले मूल्यलाई प्रभाव पार्न खोजे भने त्यसलाई ठीक ठाउँमा ल्याउन सहयोग पुर्याउने पनि हो। त्यो हामीले गरिरहेका छौँ। अर्थात्  पूँजी बजारको विस्तार र विविधीकरण गर्न र बजारलाई पारदर्शी तवरले सञ्चालन गर्न सरकार प्रतिबद्ध छ । अनसन बस्दैमा सरकारले शेयरको मूल्य बढाउन सक्दैन भन्ने बुझ्नु आवश्यक छ ।  
Sunrise Bank
Sipradee


अर्थशास्त्रको विद्यार्थी भएको नाताले हेर्दा अर्थतन्त्रको स्थितीअनुसार विगत केही महिनादेखि शेयर बजारमा गिरावट आउनुमा कुनै खास कारण र तादम्यता देखिँदैन। शेयर बजारलाई अर्थतन्त्रको ऐना भनिन्थ्यो। तर नेपालको पूँजी बजार अर्थतन्त्रको ऐना बन्न सकेको देखिँदैन। 
मुलुकमा विगत तीन वर्षदेखि लगातारको उच्च आर्थिक वृद्धि हुँदै गएको छ। आगामी दिनमा अर्थिक वृद्धि अझ उच्च हुने क्रममा छ। शेयर वजारमा सूचीकृत कम्पनीहरुको कारोबार र नाफा बढेकै छ। लाभांश दिने क्रम जारी छ। त्यसमाथि यो सरकार शेयर बजारको विस्तार, विविधीकरण र शुद्धिकरण गर्न रणनीतिकरुपमा अघि बढेको छ। यो अवस्थामा सूचीकृत कम्पनीहरुको शेयर मूल्य घट्नु पर्ने कुनै सैद्धान्तिक आधार देखिँदैन। आर्थिक क्रियाकलाप विस्तार हुने तर शेयरको मूल्य घट्ने विरोधाभाषपूर्ण स्थिति देखिएको छ।

नियमनकारी निकायको भूमिका
आधारभूतरुपमा शेयरको मूल्य बजारको माग र आपूर्तिले निर्धारण हुन्छ। र त्यसैअनुरुप भइरहेको पनि छ।  तर नियमनकारी निकायले हेर्नुपर्ने विषय भनेको माग र आपूर्तिलाई प्रभाव पार्ने विषय र बजारको कारोबारमा हुने शुद्धता हो। अहिले आर्थिक स्थिति उत्साहजनक हुँदाहुँदै पनि शेयर बजार अपेक्षित रुपमा बढ्न नसक्नुमा शेयरको अधिक आपूर्ति नै प्रमुख कारण हो। 

यसबाहेक शेयर बजारमा यथार्थपरक सूचना सम्प्रेषण हुन नसकेको, विचौलियाहरुको दबदवा अपेक्षितरुपमा नियन्त्रण हुन नसकेको, बजारलाई गुमराहमा पारेर नाफा कमाउन पल्केकाहरुको प्रभाव अझै रहेको र पछिल्लो समयमा बैंकहरुको व्याजदरले पनि शेयर बजारलाई प्रभावित बनाएको हुन सक्छ । यसबारे विस्तृत अध्ययन हुनु आवश्यक छ।  

शेयर बजारमा केही साना तिना झुण्डहरुले अनावश्यक हल्ला फिँजाएर मूल्य प्रभावित गर्नेमाथि नियन्त्रण, सुनियोजितरुपमा मूल्य घटाउन तल्लिन व्यक्तिहरुलाई कारबाही, बजारको सूचनालाई थप प्रभावकारी बनाउने, मिलोमितोको अन्त्य गर्ने, नाफाखोरीको अनावश्यक चलखेल अन्त्य गर्ने तथा पारदर्शिता अभिवृद्धि गर्ने लगायतको कार्यमा धितोपत्र बोर्ड र नेप्से थप क्रियाशिल हुनुपर्ने देखिएको छ।

अनावश्यकरुपमा व्याजदर बढ्न थालेकाले त्यसले आर्थिक क्रियाकलापलगायत पूँजी बजारलाई समेत नकरात्मक असर पारेको तर्फ सरकार गम्भीर भएका कारण यो कार्यदल गठन गर्नु परेको हो। पुँजी बजारमा गर्नुपर्ने सुधारका बारेमा पनि यो कार्यदलले सुझाव दिनेछ। सरकारले टालटुले नीति लिँदैन। समस्याको दीर्घकालीन समाधान खोज्ने भएकोले कार्यदलको आवश्यता महशुस भएको हो।
---
अर्थ मन्त्रालयको नजर
सैद्धान्तिक रुपमा बैंकहरुको व्याजदर बढ्दा शेयरमा भन्दा निक्षेपमा व्यक्तिहरु आकर्षित हुन सक्ने कारण शेयरको माग कम हुने र तदनुरुपमा शेयर मूल्यमा असर पर्ने सम्भावना रहन्छ। ब्याजदर महँगो हुँदा पुँजी बजारमा सट्टेबाजी पनि कम हुन्छ। त्यसैले व्याजदरको महत्वपूर्ण भूमिका रहने गर्छ। नेपालमा बैंकहरुको ब्याजदर निर्धारणको परिदृश्य हेर्दा तीन दशक भन्दा लामो ब्याजदर उदारीकरण अभ्यासको बाबजुद बैकिङ क्षेत्र अझै परिपक्व हुन नसकेको देखिन्छ। अथवा बैंकिङ क्षेत्रमा प्रभावकारी नियमन गर्नुपर्ने आभास बैंकहरुले दिएका छन् । 

उदाहरणको लागि चालू आर्थिक वर्षको हालसम्मको अवधिमा बैंकहरुले निक्षेपको दुई गुणा कर्जा प्रवाह गर्ने, ६ महिनामा जानु पर्ने कर्जा तीन महिनामै प्रभवाह गरिसक्ने अनि सिसिडी रेसियो नाघ्न लाग्यो भनेर हारगुहार गर्ने, सिसिडी रेसियो परिवर्तन गराउन अनावश्यक पहल गर्ने, स्थानीय सरकारको खातामा रहेको नगदको ५० प्रतिशत निक्षेपको रुपमा गणना गर्न पाउने नियम ल्याइदिएको भोलिपल्टदेखि धमाधम ब्याजदर बढाउन थाल्ने । यो कस्तो व्यवहार हो? 

ब्याजदर बढ्नाले सरकारले ल्याएको सहुलियतपूर्ण कर्जा र उत्पादनशिल कर्जा मात्र महँगो हुने होइन, यसले अन्तत्वगत्वा बैंकहरुको खराव कर्जाको मात्रा बढाउने र वित्तीय क्षेत्रको स्थायीत्वमा समेत असर पर्ने तथ्य बैंकहरुलाई राम्रोसँग बुझाउनु पर्ने देखिएको छ। 

निक्षेप आकर्षित गर्न उच्च ब्याजदर र लगानी प्रोत्साहित हुन न्यून ब्याजदर आवश्यक छ। अर्थात बचत र लगानी दुबै प्रोत्साहित हुने गरी ब्याजदर निर्धारण हुनुपर्छ। सैद्धान्तिकरुपमा हेर्दा मूल्यवृद्धि भन्दा ब्याजदर उच्च नभए बचत प्रोत्साहित नहुने र अर्कोतर्फ अन्तर्राष्ट्रिय ब्याजदर भन्दा नेपालको ब्याजदर न्यून हुन गयो भने पूँजी वहिर्गमन हुने स्थिति हुन्छ। यद्यपि, नेपालमा पुँजी खाता खुला नभएकाले पछिल्लो स्थिति आउने देखिँदैन। समग्रतामा हेर्दा नेपालको मूल्यवृद्धि ६ प्रतिशत भन्दा कम र भारतका बैंकहरुमा बचतको ब्याजदर ८ प्रतिशतको हाराहारीमा रहेकाले नेपालमा बचतको व्याजदर एकल अंकमा हुनुपर्ने देखिन्छ । त्यसले बचत पनि आकर्षित गर्छ र कर्जा पनि प्रतिस्पर्धी हुन सहयोग पुर्याउँछ। कुनै पनि अर्थमा हाल दुई अंकको निक्षेपको व्याजदरलाई जायज मान्न सकिँदैन। 

यसकारण बन्यो अध्ययन समिति
नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरको संयोजकत्वमा धितोपत्र बोर्ड, बैंकर्स एशोसियसन, शेयर बजारका लगानीकर्तासमेतको प्रतिनिधित्व हुने गरी एक कार्यदल बनेको छ। यो कार्यदलले बैंकहरुको ब्याजदर र शेयर बजारको पछिल्लो स्थितिको विश्लेषण गर्दै ब्याददर र पूँजी बजारको सुधारको लागि आवश्यक सुझाव दिने छ। 

मुद्रा तथा पूँजी बजारमा देखिएका तत्कालीन समस्याहरुको हल गर्दै मुद्रा तथा पूँजी बजारको दीर्घकालीन सुधारको लागि सुझाव लिन यो कार्यदल गठन गरिएको हो। कसैले अनसन बस्ने कुरो ल्याएर यो कार्यदल बनेको होइन। अनुचित दबाबको कुनै अर्थ छैन। सरकार हल्लाको पछि लाग्दैन पनि। अनावश्यकरुपमा व्याजदर बढ्न थालेकाले त्यसले आर्थिक क्रियाकलापलगायत पूँजी बजारलाई समेत नकरात्मक असर पारेको तर्फ सरकार गम्भीर भएका कारण यो कार्यदल गठन गर्नु परेको हो। पुँजी बजारमा गर्नुपर्ने सुधारका बारेमा पनि यो कार्यदलले सुझाव दिनेछ। सरकारले टालटुले नीति लिँदैन। समस्याको दीर्घकालीन समाधान खोज्ने भएकोले कार्यदलको आवश्यता महशुस भएको हो।

(अर्थशास्त्रमा विद्यावारिधि गरेका खरेल नेपाल राष्ट्र बैंकका निर्देशक हुन्। डा. युवराज खतिवडा अर्थमन्त्री भएपछि उनी अहिले अर्थ मन्त्रालयमा कार्यरत छन्।)

Share this Story

   

अनशन बस्दैमा सरकारले शेयर मूल्य बढाउन सक्दैन्, रामशरण खरेलको विचार को लागी ८ प्रतिक्रिया(हरु)

mahes[ 2018-12-13 11:39:03 ]
dherai jane manxe vaye paxi , najannele k bolnu ra. thula manxe le j vane ni thik. haha

   हालसम्म ४४ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


ramesh dhungana[ 2018-12-10 11:00:24 ]
1. sunrise bank ko ahile ko share mulya 220. dividend 11.5 rupee. tyo bhaneko 5.2% return. bhayeko share bechera FD ma rakhne ho bhane 14% samma return aaucha tyo pani risk free.
2. sohi bank ko price 80 ma jharyo bhane 11.5 rupee dividend yield 14.5% huncha jun bank le deko FD bhanda karib 2% premium huna jaala. tes pachi balla laganikarta haru chirne hun bajar ma.
3. mathi ko udahran kewal euta company bhanda pani samagra market kai laagi laagu huncha. kunai pani company ko return heri price ajhai aadha ghatnu parne dekhincha attractive huna ko laagi.
4. jaba samma bank ko byaj dar ghatera 7% ma aaudaina taba samma speculative purchase hudaina share bajar ma. tetinjel bajar ghatne nai ho.
5. ahile ko awastha ma bank haru ko reen ko byaj ghatne kunai chaatkaat chaina. nabil jasto awwal bank le ta 10 barse deposit 10 ko prachar garcha. aru bank haru ko k kura garnu. sab ko deposit ko structure pariwartan bhayeko cha. 3 barsa agadi ko low cost deposit bhanda ahile ko low cost deposit nikkai ghateko cha sab ko. sab bank ko muddati nicchep besi bhayera gayeko cha. maturity ma byaj ghataye arko bank ma lagi dinchan bhanne dar le samet byaj ghatne wala chaina.
6. teso huda jati hadtal gare pani jati chitta dukhaye pani aadharbhoot kura yahi ho bajar badhne aadhar haru kam chan.
7. aafu le hold gareko share ko ramro paksha matra sochne sab laganikarta ko mentality ho. tara jaba bajaar le euta sidha sidha trend leko cha tesma tyahi share ahile bechera pachi kinda nikkai nai faida hune dekhincha. hold gari rakhyo bhane ghata bahek kehi hola jasto dekhinna.

   हालसम्म ४७ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


Maryann chalise[ 2018-12-09 05:58:14 ]
— १ पटक सम्पादित
Yo sir ma ta
KHATIWADA KHATIWADA KO GANDHA AAYO NI.

   हालसम्म ३५ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


Maheshwar Ghimire[ 2018-12-09 04:41:37 ]
बसन्त जी काे पतिकृया हेरदा के लाग्छ भने जसरी पनि शेयरकाे भाउ बढाउने जिम्मा सरकारकाे हाे अव भन्नुस बसन्त जी कति बढाउदा मानिसलाइ डिपेशन हुंदैन अनि अर्थमन्त्रीकाे गुणगान गांउछ शेयर बढे पछी अरू सब डामाडाेल भए पनि हाेस त्यही भनाइ हाे की जस्ताे लाग्याे । यदि बसन्त जी कै कुरा सुनेर अरथ मन्त्रालयले शेयरकाे भाउ बढाउने हाे भने तपांइले भन्नु हाेला जग्गा किनेकाे भाउ घटयाे भन्नु हाेला के अर्थ मन्त्रीले वा सरकारले जग्गा काे भाउ बढाउने हामी सवैले एउटा सिद्धान्त अनुसार चल्ने हाे शेयर बजारलाइर् पभाव पार्ने तत्व भनेका धेरै मध्ये १. व्याजदर २.माग र पूर्ति ३.कम्पनीहरूकाे पतिफल ४ . भबिषयकाे सम्भावना यी बिषयमा सामान्य ज्ञान रख्नु पर्दछ हाेइनर केहि शेयर माफियाहरूले अाफु बजार बाट बाहिर निस्कन बढाएकाे शेयर मूल्यमा शेयर किन्ने अनि सरकारले बढाइिदनु पर्ने तर्क उपयुक्त भएन की बरू केहि कालाे बजारी , घुषखाेर हरूले गलत ढंड.वाट कमाएकेा पैसा बाहिर निकाल्न चाहि राखेका छैनन र केही पैसा बिदेश गइरहेकाे त्यसलाइ राेक्न सुजाव दिनु चाही उपउक्त हुन्छ ।त्यस पछी पनि शेयर बढ्छ भन्ने निश्चत भने हुंदैन तसर्थ शेयर बजार भनेकाे सट्टेबाजीले मूल्य निर्धारणा हुने कुरामा लाग्नु पर्याे बार्षिक १० प्रितशत मुनाफा दिने कम्पनीकाे शेयर ४००० प्रति कित्ता किन्ने अनि अर्थमन्त्रीलाइ शेयर मूल्य बढाउन दवाव दिएर गाली गर्ने कति लाजमर्दाे पार हाम्राे । हुनत म पनि शेयर बजारमा करिब ५० लाख घाटा खाएर बसेकाे मानिस हुं तर म अर्थ मन्त्रीलाइ हैन म अाफैलाइ गाली गरिरहेकाे छु । बिना बिष्लेशणा अरू घाेडा चढ्याे भनेर धुरी चढदा पाएकाे दुखमा मलाइ त काेही प्रतिपनि गुनासाे छैन सिवाय म बाहेक ।

   हालसम्म ५८ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


KRB[ 2018-12-09 04:31:23 ]
jwai sab le bigarne bhaye yo desh nata bad kripa bad chalyo jhapali team ko oli ra khatiwada ko oli le sala sali lai thauma puraune khatiwada le jwai sab lai artha mantralaye ko salaha kar banaune ani kaha bata yo desh ugo lagcha

   हालसम्म ४८ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


shambu sharan tiwari[ 2018-12-09 04:27:44 ]
1. aba karmachari ko talab sab secondary market ko share kharid garera diu.
2. thekedar lai bhuktani pani tesai gari share kharid garera diu.
3. sarkar le uthaune tax pani tyahi share bajar ma share kinera diu.
4. sarkari anudaan j jati aaucha sab share mai lagani garna lagau.
5. CIT EPF jasta sanstha lai bhaye bhar ko sampati secondary market bata share kinna lagau.
6. sthaniya nikay ko paisa jati sab dosro bajar mai khanau. share ma ghata lagi halyo bhane ansan basaulaa tyaha ka hakim haru lai. hoina bhane sanchaykarta lai ghata lagyo bhandai return nadiula.
7. NRB sanga bhayeko paisa jati sab dosro bajar mai khanau.
8. bank bittiya sanstha lai bhaye bhar ko naya loan margin lending matra dina bhanau. aru khale reen dinai napaune gari.
9. yii sab le pani kehi nalage ansan garna ta chadai cha.

   हालसम्म ४८ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


ramesh dhungana[ 2018-12-09 03:58:15 ]
janta le kina kineko ta share? bajar kunai halat ma badhdaina yaha bata. bank haru le 13.5% dina thali sake 1 barse FD ma. kun share kinera aayeko dividend yield tyo bhanda mathi huncha ra aaune barsa bhani dinos. sarkar le kehi garna sakdaina share bajar lai. auto correction huncha ek din. aba bank haru le 10 barsa samma ko deposit 13% ma liyui raha chan. aaune 10 barsa cost of fund ghatne wala chaina. teso nahuda arko 10 barsa share bajar mathi jane chaatkaat chaina. dividend ma lagne tax ghataye pani jadaina. capital gain ma lagne tax ghataye pani bajar badhne wala chaina.

chyau umre jasari laganikarta umreka thiye. bajar badhne bela jasle pani kamaye. aba chakra ulto cha ghata pani sahna saknu parcha. nasahne ho bhane bechne ani basne ghar ma. sarkar lai dosh diyera bank ko byaj ghatne wala chaina.

share bajar badhos bhanera KYC/AML ko niyam haru khukulo garera antarastiya bajar ma black list huna sakdaina sarkar le.

jati sukai online prabidhi aaye pani manche sanga paisa huna paryo ni lagani garna ghatdo bajar ma. paisa ko real cost ya opportunity cost kati high cha sab lai thaha cha. kina kinne share. ke ka lagi jokhim molne.

   हालसम्म ४८ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


Basanta Mani Pokharel[ 2018-12-09 02:32:42 ]
अनसन सबै थोक त होइन तर सम्बन्धित निकायले के बुझ्नु पर्यो भने समस्या गम्भीर भएको छ त्यसकारण यस्ता कुरा आए अब सरकार गम्भीर बन्नु पर्छ शेयर बजारबाट राम्रो मुनाफा आर्जन गरेका भए आज अनसन बस्न कोहि जाने थिएन र कसैलाइ रहर पनि हुन्न तर जे भए पनि अब तत्काल शेयर बजारमा धेरै सुधार गर्नु पर्छ भन्ने कुरा मनन गर्नु जरुरि छ र अर्को कुरा खाली माग र आपूर्ति भनेर दोष अरु माथि थोपर्न भएन यहाँ माग र आपूर्तिका सिद्धानत घोकाएर पनि हुन्न कति दिप्रेस्सनमा गए कति गम्भीर मानसिक रोगि भए कतिले त आत्मा हत्या गरे भन्ने समाचार आयो यदि सरकार जनताको हो भने येस्ता कुरामा गम्भीर हुनु पर्यो खाली सिद्धान्त घोकाउने गरेर के काम लगानीकर्ता लगानी गर्न आएका हुन सिद्धान्त घोक्न आएका होइनन यो आपूर्ति बढाउने पनि सरकारले नै गरेको हो आखिर जनताको के दोष

   हालसम्म ७७ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.