लगानीकर्ताले आइतबारदेखि अनलाइन शेयर कारोबार गर्न पाउने, भूक्तानीका लागि ब्रोकरनै धाउनुपर्ने!

रासस
२०७५ मंसिर २२ गते १८:४२ | Dec 8, 2018
लगानीकर्ताले आइतबारदेखि अनलाइन शेयर कारोबार गर्न पाउने, भूक्तानीका लागि ब्रोकरनै धाउनुपर्ने!



काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले आइतबारदेखि पूर्ण स्वचालित अनलाइन प्रणालीलाई सञ्चालनमा ल्याउने भएको छ । 
 
गत कात्तिक २० गतेदेखि सो प्रणाली सञ्चालनमा ल्याएको भए पनि प्राविधिक कठिनाइ र प्रयोगमा देखिएको समस्याका कारण पूर्ण कार्यान्वयनमा आउन सकेको थिएन । प्रणाली सञ्चालन गर्न नसकिएको भन्दै गुनासो आएको थियो । बजारसमेत प्रभावित भएको भन्दै लगानीकर्ताले स्टक र धितोपत्र दलाल व्यवसायीसँग गुनासो गरेका थिए ।

Tata
GBIME
Nepal Life

सबै पक्षको गुनासो सम्बोधन हुने गरी आवश्यक तयारी गरिएको स्टकले जनाएको छ । स्टकका प्रवक्ता मुरहरि पराजुलीले आइतबारदेखि पूर्ण स्वचालित अनलाइन कारोवार प्रणाली सञ्चालनमा ल्याउन स्टक, धितोपत्र दलाल व्यवसायी र लगानीकर्ता सहमत भएको बताए।पूर्ण स्वचालित अनलाइन प्रणालीमा देखिएका समस्या समाधान भएको जानकारी दिँदै प्रवक्ता पराजुलीले धितोपत्र दलाल व्यवसायीले आवश्यक तयारी गरेको उल्लेख गरे। प्रणाली सञ्चालन गर्न धितोपत्र दलाल व्यवसायी र लगानीकर्ताबीच हुने सम्झौतापत्र तयार पारिएको छ ।

सबै लगानीकर्ताको हात हातमा पुयाउने लक्ष्य राखिएको छ । धितोपत्र कारोवार सञ्चालन विनियमावली २०७५ का आधारमा सम्झौता गरी कारोवार हुनेछ । त्यसबाट शेयर खरीद बिक्रीको प्रक्रियामा रहेको जोखिम तथा अन्य कठिनाइ व्यवस्थापन गर्न सहज हुनेछ । 

 
प्रवक्ता पराजुलीका अनुसार सम्झौतापत्रमा दुवै पक्षले पालना गनुपर्ने ३९ बुँदे शर्त समावेश गरिएका छन् । सम्झौतापत्रमा ब्रोकरलाई प्रथम पक्ष र लगानीकर्तालाई दोस्रो पक्षका रुपमा लिइएको छ तर बैंक खाताबाट शेयर बिक्रीकर्ता वा खरीदकर्ताले भुक्तानी गर्ने रकमका सम्बन्धमा भने अझै तयारी पूरा भइसकेको छैन । त्यसका कारण कारोवार अनलाइन प्रणालीबाट भए पनि भुक्तानीका लागि भने अझै केही समय धितोपत्र दलाल व्यवसायी कहाँ नै जानुपर्नेछ ।