आइएमइ मोटर्सको अशोक लेलैण्डको पोखरामा शाखा, थ्रिएस सर्भिस

बिजमाण्डू
२०७५ मंसिर २१ गते १७:०६ | Dec 7, 2018
आइएमइ मोटर्सको अशोक लेलैण्डको पोखरामा शाखा, थ्रिएस सर्भिस


काठमाडौं। आइएमइ ग्रुपअन्तर्गत सञ्चालित आइएमइ मोटर्स प्रालिले प्रबर्द्धन गरेको अशोक लेलैन्डको शाखा पोखराको चउथेमा सञ्चालनमा आएको छ। यहाँबाट अशोक लेलैण्ड गाडीका लागि सेल्स, सर्भिस र स्पेयर्स पार्टस्हरु उपलब्ध हुने छ। 

Tata
GBIME
Nepal Life

थ्रि—एस (सेल्स,सर्भिस र स्पेयर्स) सेटअपको उद्घाटन आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकाल र पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले संयुक्त रुपमा गरेका छन्।

उद्घाटनमा प्रबन्ध निर्देशक ढकालले अशोक लेलैण्डमा गरेको लगानीले भविष्यमा राम्रो प्रतिफल दिने र एउटा भरपर्दो ब्राण्ड भएकोले यसमा लगानी गरेको जानकारी दिए। उनले बिक्री पछिको सेवाको लागि जस्तोसुकै परिस्थितिमा पनि ग्राहकको साथमा रहने प्रतिबद्घता जनाए।