ज्योति विकास बैंकले खोल्यो सल्यानको कपुरकोटमा शाखा, अझै १० शाखा थप्ने

बिजमाण्डू
२०७५ मंसिर २१ गते १५:४८ | Dec 7, 2018

काठमाडौं। ज्योति विकास बैंकले सल्यान जिल्लाको कपुरकोटमा नयाँ शाखा संचालनमा ल्याएको छ।  

Tata
GBIME
Nepal Life

कपुरकोट गाउँपालिका वडा नं ३, सल्यानमा रहेको नयाँ शाखा औपचारिक रुपमा त्यहाँका गाउँपालिका अध्यक्ष भीमबहादुर सेन र बैंकका अध्यक्ष हरिचन्द्र खड्काले उद्घाटन गरेका छन्। 

अब बैंकको शाखा संख्या ८० पुगिसकेको छ। बैंकका २२ एटिएम छन्। यसै आर्थिक वर्ष भित्र थप १० वटा नयाँ शाखा तथा थप २७ स्थानमा एटिएम सञ्चालनमा ल्याइने बैंकले जनाएको छ। 

बैंकले १ लाख ५२ हजारभन्दा बढि खाताबाट २३ अर्बभन्दा बढि निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणी मार्फत १८ अर्ब ५० करोडभन्दा बढि लगानी गर्न सफल भएको छ। बैंकको हालको चुक्तापूँजी २ अर्व ५९ करोड कायम रहेको छ।