एमजी गाडीको एक्सचेञज अफर, पुरानो ल्याएर नयाँ साट्न सकिने

बिजमाण्डू
२०७५ मंसिर २१ गते १५:४३ | Dec 7, 2018
एमजी गाडीको एक्सचेञज अफर, पुरानो ल्याएर नयाँ साट्न सकिने

काठमाडौं। नेपालमा एमजी (मोरिस ग्यारेज)को आधिकारिक बितरक पारामाउन्ट मोर्टसले एमजी कार प्रेमीहरुका लागि मंसिर २१ गतेदेखि २३ गतेसम्म “एमजी एक्सचेन्ज अफर” आरम्भ गरेको छ। 

Tata
GBIME
Nepal Life

“कम एंड अपग्रेड टु अ बेटर ड्राइभिंग एक्सपीरियंस” भन्ने ट्यागलाईनका साथ अटोमोबाइल ग्राहकहरुलाई ध्यानमा राखेर आयोजना गरिएको यो कार्निभलमा पुरानो कार प्रयोगकर्ताहरुले एमजीको नयाँ कारका साथमा एक्सचेन्ज गर्न सक्नेछन्।

एमजीका हरेक मोडलहरुमा एक्सचेन्ज उपलब्ध रहेको विज्ञप्तिमा उल्लेख छ। अभियानले ग्राहकलाई एक्स्चेन्ज बोनस अफर, २ बर्षसम्मको लागि फ्रि सर्भिसिङ्ग, आकर्षक छुट उपलब्ध गराउने जनाएको छ। 

एमजी एक्सचेन्ज अफरले ग्राहकहरुलाई एक्सचेन्जको माध्यमबाट नयाँ पुस्ताका कारहरुको बारेमा जानकारी दिनुका साथै उत्कृष्ट ड्राइभिङको आनन्द प्रदान गर्ने विज्ञप्तिमा जनाइएको छ।