माछापुच्छ्रे बैंकले चितवन र हेटौंडामा खोल्यो तीन शाखा, ८६ ठाउँमा शाखा सञ्जाल

बिजमाण्डू
२०७५ मंसिर २१ गते १५:३६ | Dec 7, 2018
माछापुच्छ्रे बैंकले चितवन र हेटौंडामा खोल्यो तीन शाखा, ८६ ठाउँमा शाखा सञ्जाल

काठमाडौं। माछापुच्छ्रे बैंकले एकै पटक तीन नयाँ शाखा सञ्चालनमा ल्याएको छ। बैंकले हेटौंडा उपमहानगरपालिका, चितवनको इच्छाकामना गाउँपालिका र कालिका नगरपालिकामा शाखा खोलेको हो। 

Tata
GBIME
Nepal Life

हेटौंडा शाखाको उद्घाटन बैंकका सञ्चालक जय मुकुन्द खनाल र हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले संयुक्त रुपमा गरेका छन्। इच्छाकामना शाखाको उद्घाटन बैंकका सञ्चालक राममान श्रेष्ठ र इच्छाकामना गाउँपालिकाका उपाध्यक्ष कृतिकुमार श्रेष्ठले गरेका छन्। यसैगरी कालिका शाखाको उद्घाटन त्यहाँका मेयर खुमनारायण श्रेष्ठ र बैंकका सञ्चालक गोपीकृष्ण न्यौपानेले गरेका छन्। 

अब बैंकको शाखा संख्या ८६ पुगेको छ। बैंकसँग ७७ अर्ब निक्षेप र ७१ अर्ब ऋण लगानी छ।