अर्थमन्त्री र गभर्नरले झपारेपछि ब्याजमा प्रतिस्पर्धा नगर्ने मुडमा बैंकर, एजिएममै बन्यो सहमति

बिजमाण्डू
२०७५ मंसिर २१ गते ०९:४६ | Dec 7, 2018
अर्थमन्त्री र गभर्नरले झपारेपछि ब्याजमा प्रतिस्पर्धा नगर्ने मुडमा बैंकर, एजिएममै बन्यो सहमति

काठमाडौं। कुमारी बैंकले ब्यक्तिगत निक्षेपको ब्याज दर १३ प्रतिशत पुर्याएपछि हिजोको बैंकर्स संघको बार्षिक साधारणसभामा राम्रै चर्चा भयो। प्रकाशित १३ हुँदा बैंकले साढे १३ प्रतिशतसम्म ब्याज दिन सक्छ।

Tata
GBIME
Nepal Life

कुमारीले १३ प्रतिशत ब्याज दिएपछि केही बैंकले हिजै प्रेस विज्ञप्ति र आज पत्रिकामा विज्ञापन गरेर ब्याज बढाउने तयारी गरेका थिए। ती बैंकले १४ प्रतिशत ब्याज घोषणा गर्न लागेका थिए।

दिउँसोबाट घटनाहरु यसरी तीब्र रुपमा विकास भए कि अन्नत सबै बैंक अनौपचारिक रुपमा ब्याज नबढाउने सहमतिमा पुगे। साधारणसभामा २८ बैंकमध्ये २५ वटा बैंकहरु उपस्थित थिए।

'अब ब्याज बढ्दैन। जति बढ्यो बढ्यो। अब कसैले योभन्दा बढाएर जाँदैन' साधारणसभामापछि अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाले सुनाए, 'अब बढाउने ठाउँ पनि त हुनु पर्यो नि।'

बैठकमा सहभागी नभएका तीन बैंकले खबर नपाएर बढाउँछन् कि भन्ने आशंका बाँकी सदस्यहरुले गरेका थिए। तर सहभागी नभएका ग्लोबल आइएमइ, प्राइम र सिभिल बैंकले पनि ब्याज बृद्धि गरेनन्।

साधारणसभाकै ताका बैंकहरुबीच अब माथि जानु हुँदैन भन्नेमा  अनौपचारिक सहमतिजस्तो बनिसकेको थियो। साधारणसभालाई संबोधन गर्न आएका अर्थमन्त्री डा. युवराज खतिवडा र गभर्नर डा. चिरञ्जिबी नेपालले ब्याज दर बृद्धि गरेकोमा रोष प्रकट गरे। त्यसपछि अब ब्याज बढाउनु हुँदैन भन्ने अनौपचारिक सहमति झन् बलियो भएर गएको थियो।

साधारणमासभामा ब्याज बढाएका बैकहरु 'तारो' बनेका थिए। जनता, माछापुच्छ्रे र कुमारी बैंकलाई उपस्थित सबैले के गरेको यस्तो उधुम भनेर सोधिहाल्थे। गभर्नर डा. नेपालले त ब्याचज बढाएर बैंकहरुले गलत गरेको चेतावनी नै दिए। अर्थमन्त्रीले भने ब्याज बढाउनु गलत भएको स्पष्ट भाषामा त भनेनन् घुमाउरोपाराले लामै मन्तब्य दिए।