सिटिजन्स बैंकको प्रारम्भलाई एक लाह सहयोग, स्वास्थ्य शिविर आयोजना

बिजमाण्डू
२०७५ मंसिर २० गते १७:४२ | Dec 6, 2018
सिटिजन्स बैंकको प्रारम्भलाई एक लाह सहयोग, स्वास्थ्य शिविर आयोजना


काठमाडौं। सिटिजन्स बैंक इन्टरनेशनलले प्रारम्भ नामक गैरसरकारी संस्थालाई आर्थिक सहयोग गरेको छ। 

Tata
GBIME
Nepal Life

बैंकको केन्द्रिय कार्यालय नारायणहिटी पथमा आयोजित एक कार्यक्रम बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीको उपस्थितिमा प्रमुख प्रशासकीय अधिकृत उमंग शर्माले एक लाख रुपैयाँको चेक संस्थाका संचालक कल्पना क्षेत्रीलाई हस्तान्तरण गरेका छन्। 

सहयोग रकमबाट काभ्रेको भकुन्डेबेसीमा स्वास्थ्य शिविर संचालन गरिएको छ। स्वास्थ्य शिविरमा करिव १००० जनाको निःशुल्क स्वास्थ्य परिक्षण गर्नुका साथैे आवश्यक औषधीहरु समेत निःशुल्क वितरण गरिएको छ।

बैंकको देशभर ८० शाखा, ७५ एटिएम र ९९ वटा शाखारहित बैंकिङ इकाइहरु छन्।