शेयर बजार घटेपछि धितोपत्र बोर्डले  गर्यो 'फण्डा', बजार निर्माता बारे नेप्सेसँग जानकारी माग्यो




काठमाडौं। शेयर बजार घट्न थालेपछि नियामक धितोपत्र बोर्डले बजार निर्माताको बिषयलाई अगाडि ल्याएको छ।

बोर्डले चालु बर्षको नीति तथा कार्यक्रममा पूँजी बजारको गतिशील विकासमा सहयोग पुर्याउने उद्देश्यले बजार निर्माता/डिलर लाई पूँजी बजारमा सक्रिय बनाउन आवश्यक सहजीकरण गर्ने कार्यक्रम रहेको उल्लेख गर्दै बिहीबार विज्ञप्ति जारी गरेको छ।


बोर्डले नेपाल स्टक एक्सचेन्ज कात्तिक २० गतेबाट अनलाईन कारोबार प्रणाली शुरु गरिसकेको अवस्थामा बजार निर्माता/डिलरलाई प्रवेश गराउन भैरहेको तयारीकोे सम्बन्धमा नेप्सेसँग जानकारी माग गरेको छ।

धितोपत्रको खरिद तथा विक्री दुबै मूल्य अंकित गरी त्यस्तो धितोपत्र आफ्नो नामबाट खरिद तथा विक्री गरी बजार निर्माता/डिलरले बोर्डले तोकेको व्यवस्था अनुसार कारोवार गर्न तथा धितोपत्रको अण्डरराइटिङ समेत गर्ने  गर्दछ। 

घटिरहेको बजारलाई बडाउने स्टन्डस्वरुप बोर्डले विज्ञप्तिमा उभनेको छ, धितोपत्र बजारमा बजार निर्माता/डिलरको प्रवेशले धितोपत्रको दोस्रो बजारको दायरा फराकिलो भई पूँजी बजारको गतिशील विकासमा सहयोग हुने बोर्डको विश्वास रहेको छ।

Share this Story

   

शेयर बजार घटेपछि धितोपत्र बोर्डले  गर्यो 'फण्डा', बजार निर्माता बारे नेप्सेसँग जानकारी माग्यो को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.