विकास बैंक र फाइनान्स कम्पनीलाई स्प्रेड घटाउन समय थपियो, सिसिडी रेसियोमा लचकता

बिजमाण्डू
२०७५ मंसिर २० गते १४:४५ | Dec 6, 2018

काठमाडौं। नेपाल राष्ट्र बैंकले निक्षेपमा दिने र ऋणमा लिने ब्याज दरको अन्तर (स्प्रेड) दरमा लचकता अपनाएको छ। केन्द्रीय बैंकले बिहीबार निर्देशन जारी गर्दै विकास बैंक र फाइनान्स कम्पनीहरुलाई स्प्रेडमा केही समय थप दिएको हो।

Tata
GBIME
Nepal Life

असोज मसान्तसम्म सबै विकास बैंक र फाइनान्स कम्पनीलाई स्प्रेड दर ५ प्रतिशतभित्र ल्याउनु पर्ने समय सीमा थियो। राष्ट्र बैंकले स्प्रेडका लागि एकै वर्गका संस्थाको पनि वर्गीकरण गरेको छ।

राष्ट्रिय स्तरका विकासब क र फाइनान्स कम्पनीहरुले स्प्रेड ५ प्रतिशतमा झार्न पुस मसान्तसम्मको समय पाएका छन्। राष्ट्रियस्तरका बाहेकका संस्थाहरुलाई २०७६ असार मसान्तसम्मको समय दिइएको छ।

राष्ट्र बैंकले कर्जा-पूँजी-निक्षेप अनुपात (सिसिडी रेसियो) मा पनि लचकता अपनाएको छ। मौद्रिक नीतिको त्रैमासिक समिक्षामा घोषणा गरिएको कार्यक्रमलाई बिहीबार निर्देशन जारी गर्दै कार्यान्वयन गरिएको हो।

अबदेखि बैंक तथा वित्तीय संस्थाहरुले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धि एकिकृत कार्यबिधि बमोजिम प्रवाह गरेको ऋणलाई सिसिडी गणनाबाट घटाउन सक्नेछन्।