राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरुलाई निक्षेप दिने, ८ अर्ब क वर्गकालाई




काठमाडौं। नेपाल राष्ट्रा बैंकले १० अर्ब १५ करोड रुपैयाँ निक्षेप बैंक तथा वित्तीय संस्थाहरुलाई दिने भएको छ। सबैभन्दा बढि निक्षेप बाणिज्य बैंकहरुलाई दिने गरी राष्ट्र बैंकले २३ गतेभित्र प्रस्ताब हाल्न आह्वान गरेको छ।

राष्ट्र बैंकले बाणिज्य बैंकहरुलाई ८ अर्ब १२ करोड ६९ लाख रुपैयाँ निक्षेप दिने छ। विकास बैंकहरुलाई एक अर्ब ५२ करोड ३८ लाख रुपैयाँ र फाइनान्स कम्पनीहरुलाई ५० करोड ७९ लाख रुपैयाँ निक्षेप दिइने छ।


राष्ट्र बैंकको पैसामा कति ब्याज दिने भनेर बैंक तथा वित्तीय संस्थाहरुले प्रस्ताब गर्नु पर्ने छ। राष्ट्र बैंकले एक बर्षका लागि यो पैसा दिने भएको हो।

राष्ट्र बैंकको पैसा लिनका लागि सञ्चालनमा आएको २ बर्ष, खराव कर्जा ५ प्रतिशत तल, तोकिएको पूँजी कोष अनुपात पुरा गरेका संस्थाहरुले निक्षेप पाउने छन्।

Share this Story

   

राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरुलाई निक्षेप दिने, ८ अर्ब क वर्गकालाई को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.