अनियन्त्रित हिसाबले बैंक ब्याज बृद्धि बारे गभर्नर चिरञ्जिबी नेपालले भने, 'हेरौं के गर्न सकिन्छ'




काठमाडौं। बैंकहरुबीच धान्नै नसक्ने गरी ब्याज दरमा प्रतिस्पर्धा चल्न थालेपछि राष्ट्र बैंकले 'गम्भिरतापूर्वक' ब्याज दर बृद्धिको असर बारे अध्ययन गर्न थालेको छ।

आफ्नो अल्पकालिन समस्या मात्र हल हुने गरी बैंकले ब्याज बढाएको राष्ट्र बैंकको मूल्यांकन छ। ब्याज दरको असर र प्रभावका बारेमा नजिकबाट हेरिरहेको राष्ट्र बैंकका अधिकारीहरुले बताएका छन्।


राष्ट्र बैंकका गभर्नरले पनि ब्याज बृद्धिका बारेमा नजिकबाट नियालिरहेको बताए। 'ब्याज यतिउति गर भन्न हामीले मिल्दैन तर बढिरहेकमो ब्याज बारे हामी सचेत छौं' गभर्नर डा. चिरञ्जिबी नेपालले बिहीबार बिजमाण्डूसँग भने, 'हेरौं के गर्न सकिन्छ।'

नेपाल बैंकर्स संघले लामो समयदेखिको भद्र सहमतिलाई खारेज गर्दै ब्यक्तिगत निक्षेपको ब्याज सहमतिमा निर्धारण गर्न बाटो खोलिदिएको छ। त्यसलगत्तै ब्याज बृद्धि हुन थालेको हो। तीन दिनमा ब्याज साढे २ प्रतिशत बिन्दुले उक्लिसकेको छ। 

Share this Story

   

अनियन्त्रित हिसाबले बैंक ब्याज बृद्धि बारे गभर्नर चिरञ्जिबी नेपालले भने, 'हेरौं के गर्न सकिन्छ' को लागी २ प्रतिक्रिया(हरु)

Basanta Mani Pokharel[ 2018-12-06 11:28:56 ]
governer sir,yesto parale ta laganikartaa ta khattam bhae ke garne ho governer jiyu

   हालसम्म ६ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


Basanta Mani Pokharel[ 2018-12-06 11:28:56 ]
governer sir,yesto parale ta laganikartaa ta khattam bhae ke garne ho governer jiyu

   हालसम्म ६ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.