सिप्रदीले ल्यायो ‘अल न्यू टाटा टिगोर’ कार, बजार मूल्य २७ लाख ५५ हजार, यस्ता छन् फिचर

बिजमाण्डू
२०७५ मंसिर १६ गते १७:५८ | Dec 2, 2018
सिप्रदीले ल्यायो ‘अल न्यू टाटा टिगोर’ कार, बजार मूल्य २७ लाख ५५ हजार, यस्ता छन् फिचर


काठमाडौं। टाटा मोटर्सको अधिकृत बिक्रेता सिप्रदी ट्रेडीङले टाटा टिगोरको नयाँ संस्करण  'अल न्यू टाटा टिगोर' नेपाली बजारमा ल्याएको छ। 

Tata
GBIME
Nepal Life

पेट्रोल भेरियन्टको अल न्यू टाटा टिगोरमा यात्रु सुरक्षा लक्षित डूअल एयरब्याग, एन्टिलक ब्रेकिङ सिस्टम, इलेक्ट्रोनिक ब्रेकफोर्स डिस्ट्रिब्युसन र कर्नर स्टाब्लिटी क्न्ट्रोल जडान गरिएको कम्पनीले जनाएको छ। यो गाडीको नेपाली बजार मूल्य २७ लाख ५५ हजार रुपैयाँ रहेको छ। 

सही मूल्यमा बोल्ड आकर्षक बनावट र उपयुक्त प्रिमियम खोज्ने ग्राहकहरुको बीच कम्प्याक्ट सेडान निकै लोकप्रिय रहेको विज्ञप्तिमा उल्लेख छ। अरुभन्दा केही फरक गर्ने दृढतासँगै सम्पुर्ण अटोमोवाइल उद्योगमै नयाँ आयाम स्वरुप नयाँ टाटा टिगोर नेपाली बजारमा ल्याइएको सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले बताए। 

गाडीमा ब्रेक फ्री कुप रुफलाइन, डुअल चेम्बर प्रोजेक्टर हेडल्याम्पले आकर्षक रहेको कम्पनीले जनाएको छ। अन्य गाडीको तुलनामा नयाँ टाटा टिगोर सर्वोत्कृष्ट बनावट रहनुका साथै आकर्षक भित्री बनावट र अतुलनीय आरामदायी रहेको कम्पनीले विज्ञप्तिमा उल्लेख गरिएको छ।