नेपाल टेलिकमको फाइबरमा समस्या, पुरानो फाइबर काटेर नयाँ जडान गर्दै, जनशक्ति परिचालन




काठमाडौं। आइतबार दिउँसो करिब दुई बजेदेखि नेपाल टेलिकमको प्रिपेड र पोष्टपेड सेवामा फोन डायल गर्दा डायल टुन नआउने र फोन नलाग्ने समस्या देखिएको छ।

नेपाल टेलिकमको फाइबरमा समस्या देखिएपछि दिउँसैदेखि भ्वाइस कलमा समस्या आएको टेलिकमका साहयक प्रवक्ता सोवन अधिकारीले जानकारी दिए। उनले पुरानो फाइबर काटेर नयाँ फाइबर जडान गरिने बताए।


'फाइबरमा समस्या देखिएपछि हामीले सुन्धारास्थित नयाँ फाइबर परिवर्तन गरेका छौँ। कुन स्थानमा फाइबर काटिएको भन्ने यकिन भइसकेको छ। प्राविधीक जनशक्ति परिचालन भइसकेको छ। यो समस्याको समाधान छिट्टै हुनेछ' उनले भने। 

Share this Story

   

नेपाल टेलिकमको फाइबरमा समस्या, पुरानो फाइबर काटेर नयाँ जडान गर्दै, जनशक्ति परिचालन को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.