एनएसीको नयाँ जहाज चलाउन व्यवसायिक योजना बनाएर थन्क्याइयो,  घाटा हुने रुटमा उडाउन चलखेल

बिजमाण्डू
२०७५ मंसिर १६ गते १०:११ | Dec 2, 2018
एनएसीको नयाँ जहाज चलाउन व्यवसायिक योजना बनाएर थन्क्याइयो,  घाटा हुने रुटमा उडाउन चलखेल


काठमाडौं। नेपाल वायुसेवा निगमले किनेको वाइडबडी कहाँ उडाउने? यो प्रश्नको उत्तर अहिलेसम्म पनि छैन। 

Tata
GBIME
Nepal Life

निगमले तयार गरेको वाइडबडी जहाज सञ्चालनको व्यवसायिक योजनामा भनिएको थियो, 'जहाज पूर्ण क्षमतामा जापान, चीन, दक्षिण कोरिया, युरोपका केही देश र अष्ट्रेलियासम्म उडाउने।' तर योजनाअनुसार काम भएन। 

जहाजको क्षमताअनुसार उडाउने हो भने दैनिक १६ घण्टा उडान गर्न सक्छ। तर गन्तव्य नपाएपछि अहिले ७० मिनेटको काठमाडौं-नयाँ दिल्ली रुटमा उडिरहेको छ। 

यो पनि पढ्नुस्: आर्थिक संकटमा परेपछि नेपाल वायुसेवा निगम बिक्री गर्न लागिएको हो? निजीकरण की रणनीतिक साझेदार?

जहाज सञ्चालनको खर्च अत्याधिक छ। ल्याएको छोटो समयमै सामान्य समस्याले ग्राउण्डेड पनि भइरहेको छ। क्यास ब्रर्निङ विजनेशमा जहाज थन्क्याएर राखेपछि निगम सञ्चालन गर्न आवश्यक नगद छैन। 

लाभदायक नारिता छाडेर ओशाकाको तयारी
निगमले जहाज ल्याउनुअघि सरकारले जापान सरकारसँग द्विपक्षीय हवाई सम्झौता गरिसकेको थियो। असार ४ गते भएको दुई देशबीचको हवाई सम्झौताअनुसार जापानको हानेदा बाहेकका जुनसुकै विमानस्थलमा हवाई सेवा सुरु गर्न नेपाल वायुसेवा निगमलले सक्छ। ओशाकाभन्दा नारिता तुलनात्मकरुपमा लाभदायक हुने भए पनि प्रक्रिया पूरा गर्न ढिलाई हुने भन्दै निगम पन्छिएको छ। 

यो पनि पढ्नुस्: निजीकरण गरे मात्रै एनएसीलार्इ पैसा दिने अर्थमन्त्री खतिवडाको शर्त, ५१% शेयर निजी क्षेत्रलार्इ

१३ वर्ष जापान बसेर फर्किएका सांसद सूर्य पाठक नारिता छाडेर ओशाका जाने योजना बनाउनु उपयुक्त नहुने बताउँछन्। जापान जाने नेपाली र नेपाल आउने जापानी पर्यटकलाई लक्षित गरी जापान उडान सुरु गर्ने हो भने नारिता उपयुक्त हुने उनको तर्क छ। 'किन ओशाका जान खोजेको मैले बुझ्नै सकेको छैन,' पाठक भन्छन्। 

पाठकका अनुसार अहिले जापानमा करिब ८० हजार नेपाली छन्। तीनको करिब ८० प्रतिशत नेपालीहरु राजधानी टोकियो आसपास बसोबास गरिरहेका छन्। 

यो पनि पढ्नुस्: १६ घण्टा उडाउनुपर्ने जहाज ७० मिनेटको रुटमा, किस्ता तिर्ने पैसा छैन, किस्ता तिर्न सवा अर्ब

'टोकियोसँगको दूरी र नेपालीलाई लक्षित गर्ने हो भने नारिता राम्रो विकल्प हो, ओशाका टाढा छ,' उनले भने, 'अर्कोतर्फ पर्यटकका लागि पनि हानेडाबाहेकको दोस्रो विकल्प नारिता हुन्छ, ओशाका होइन।' 

नेपाल वायुसेवा निगमसँग ए-३३० (वाइडबी) जहाज जापान उडाउन दुई विकल्प थिए। नारिता अन्तर्राष्ट्रिय विमानस्थल र ओशाका। निगमले नारिताको साटो ओशाका छान्ने अनौपचारिक निर्णय गर्योर र पत्राचार थाल्यो। 

'दूरीका हिसाबले ओशाका भन्दा नारिता नजिक हो, इन्धनलगायतका खर्च पनि नारिता नै कम हुने थियो,' निगमका प्रवक्ता अशोक सिग्देलले भने, 'तर त्यसका लागि निकै लामो प्रक्रिया पुरा गर्नुपर्ने भएकाले हामीले पहिले उडान गरेकै ओशाकाका लागि प्रस्ताव गरेका हौँ।' 

तर द्विपक्षीय हवाई सम्झौताबारे जानकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका एक अधिकारीले भने निगमको अकर्मण्यताले नै जापान उडान अनिश्चित बनेको बताउँछन्। 'प्रक्रिया थालेको भए अहिले त्यहाँका लागि केही ठोस कुरा अघि बढिसक्थ्यो, फेब्रुअरीबाट उडाउने भनिएको छ, त्यसका लागि हामीले गरेको सम्झौताले नै बाटो खोलिदिएको छ,' ती अधिकारीले भने, 'तर यहाँ दोष अन्यत्र देखाएर समस्या ज्यूँ का त्यूँ राखिएको छ।'

सरकारको सहयोग आवश्यक
व्यवसायिक कार्ययोजना कार्यान्वयन गर्न निगम तत्कालका लागि असफल देखियो। जहाज क्षमताअनुसार उडाउन नसक्दा निगममाथि दैनिक वित्तीय दायित्व सिर्जना भइरहेका छन्। जहाज किन्दाको ऋणको किस्ता तिर्ने पैसासमेत छैन। निगमका पूर्व अध्यक्ष बिकेमान सिंह जहाज उडाउन गन्तव्य खोज्न सरकारले सहयोग गर्नुपर्ने बताउँछन्। 

‘जहाज ल्याउने प्रक्रिया थालेपछि गन्तव्य पहिचान र कुटनीतिक वार्तामार्फत काम अघि बढाएको भए अहिले समस्या आउने थिएन,’ उनले भने, ‘जहाज ल्याउने बित्तिकै यी कुरा नगरी छिट्टै जहाज उडाउन पनि सकिँदैन। अब भनेको योजनाअनुसराका नयाँ रुटमा उडान गर्नका लागि सरकारले पनि सहयोग गर्नुपर्ने देखिन्छ।‘

नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक दिनेशप्रसाद श्रेष्ठ पनि सरकारले कुटनीतिक पहलमार्फत् जहाजका लागि गन्तव्य खोज्न सहयोग गर्नुपर्ने बताउँछन्। 

‘हवाई सेवा सम्झौता भएका अरु मुलुकमा पनि छिट्टै उडान सुरु गर्नका लागि निगमसँगै सरकार नै कुटनैतिक रुपमा लाग्नुपर्ने अवस्था छ,’ उनले भने, ‘यहाँ चीन,  कोरियालगायत देशबाट जहाज आइरहेका छन्। अब यताबाट पनि जान दिनुपर्यो । यी विषय द्विपक्षीय हुनुपर्छ। उनीहरुको जहाज आउन पाउने हाम्रो जहाज चाहिँ किन जान नपाउने?’

निगमले जहाज ल्याउनुअघि सरकारले जापान सरकारसँग द्विपक्षीय हवाई सम्झौता गरिसकेको थियो। असार ४ गते भएको दुई देशबीचको हवाई सम्झौताअनुसार जापानको हानेदा बाहेकका जुनसुकै विमानस्थलमा हवाई सेवा सुरु गर्न नेपाल वायुसेवा निगमलले सक्छ। ओशाकाभन्दा नारिता तुलनात्मकरुपमा लाभदायक हुने भए पनि प्रक्रिया पूरा गर्न ढिलाई हुने भन्दै निगम पन्छिएको छ। 

तत्कालिन विकल्प चार्टर्ड फ्लाइट, तर विज्ञ भन्छन् यो पनि गाह्रो छ
निगमले कुनै निश्चित समयका लागि चार्टर्ड उडान गर्न सक्छ। नियमित नभए पनि चार्टर्ड गर्ने यात्रु पाएको अवस्थामा निगमका लागि यो एउटा विकल्प हो। तर निगमसम्बद्ध स्रोतले अहिलेसम्म यस विषयमा कुनै छलफल नभएको जनाएको छ। ‘एउटा विकल्प त्यो हो तर त्यो पनि नाफाको विजनेस होइन,’ निगमका ती अधिकारीले भने, ‘यसबारे सोचिएको छैन।‘

जहाजले नियमित उडान गर्न नसक्दा कम्पनीले अल्पकालीन व्यवस्थापनका लागि सोच्ने यो एउटा विकल्प हो। नियमित उडाउनका लागि अनुमति नपाएका क्षेत्रमा पनि चार्टर्ड उडानका लागि अनुमति लिन सकिने भएकाले यात्रु पाएको अवस्थामा टाढाको गन्तव्यमा उडान गर्न सक्छ। 

निगमका पूर्व अध्यक्ष सिंहले चार्टर्ड उडान सजह नभएको बताए। ‘चार्टर्ड फ्लाइट सम्भव छैन, चार्टर फ्लाइटका लागि माग आउन जरुरी छ,’ उनले भने, ‘निगमले उडाउँछु भनेर हुँदैन। यसका लागि ईच्छुक मुलुकले जहाजको आवश्यकता पनि देखिनुपर्योउ।‘

वाइडबडी जहाज उडाउने विषयमा उनको अझ ‘एक्सट्रिम’ धारणा छ। ‘निगम धेरै खस्किन थाल्यो भने छोटो समयका लागि भारत, बंगलादेश, भुटानलगायतका मुलुकले माग गरेमा लिजमा दिन सकिन्छ,’ उनले भने। यद्यपि, यो विकल्पमा निगम तत्काल प्रवेश गर्ने संभावना भने छैन। 

नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक श्रेष्ठले चार्टर्ड उडान गर्न पर्याप्त समूह र यात्रु आवश्यक पर्ने बताउँछन्। ‘चार्टर्ड फ्लाइट गर्न कै लागि त ग्रुप हुनुपर्योर नी, चार्टर्ड पार्टी र चार्टर्ड ग्रुप नभई कसरी चार्टर्ड फ्लाइट गर्न सकिएला,’ उनले भने, ‘यो कहिलेकाहिँ गरिने फ्लाइटका लागि आउने जाने समूह नै हुनुपर्छ। एक पटक चार्टर फ्लाइट गर्न यात्रु दुई सय पचास यात्रु आवश्यक हुन्छ। निगमले जहाज उपलब्ध गराएपनि चार्टर पार्टीसँग एग्रिमेन्ट त हुनैपर्योस।‘ 

प्राधिकरणका अर्का पूर्व महानिर्देशक राजेशराज दली पनि यात्रु र चार्टर्ड गर्ने समूह पाए चार्टर्ड उडान संभव भए पनि गन्तव्य नपाएको अवस्थामा कठिन हुने बताउँछन्। ‘चार्टर फ्लाइट कुनै ग्रुप आएर यात्रु संख्या र गन्तव्यको आधारमा फ्लाइट गराउने कुरा हो,’ उनले भने। उनले दीर्घकालीन हिसाबले सोच्दा नियमित उडान नै उपयुक्त हुने र त्यसका लागि नै निगमले पहल गर्नुपर्ने बताए।