दुई महिनामा डलरको भाउ ८ रुपैयाँले घट्यो, नेपाली रुपैयाँ तङ्ग्रिँदै, आयातमा राहत पुग्ने

बिजमाण्डू
२०७५ मंसिर १६ गते ०८:५९ | Dec 2, 2018
दुई महिनामा डलरको भाउ ८ रुपैयाँले घट्यो, नेपाली रुपैयाँ तङ्ग्रिँदै, आयातमा राहत पुग्ने


काठमाडौं। दुई महिनाको बीचमा अमेरिकी डलरको भाउ करिव ७ प्रतिशतले झरेको छ। जसरी डलर उक्लिएको थियो अहिले त्यसैगरी झरिरहेको छ।

Tata
GBIME
Nepal Life

राष्ट्र बैंकका अनुसार, अहिले बैंकहरुले ११२ रुपैयाँभन्दा तल नै डलरको किनबेच गरिरहेका छन्। आइतबारका लागि एक अमेरिकी डलरको रिफ्रेन्स रेट १११ रुपैयाँ ६५ पैसा तोकिएको छ। दुई महिनाअघि १२० रुपैयाँ हाराहारी पुगेको थियो। यस हिसाबले डलरको भाउ ८ रुपैयाँ हाराहारी झरिसकेको छ।

डलरको भाउ निरन्तर बढ्दा विदेशमा काम गर्ने नेपालीले पठाउने रेमिटेन्समा समेत बढोत्तरी भएको थियो। तर सामान आयात गर्दा भने बढि पैसा भुक्तानी गर्नु परेको थियो। डलरको भाउ बढेका कारण पेट्रोलियम पदार्थको मूल्यसमेत बृद्धि भएको थियो।

अन्तर्राष्ट्रिय अर्थ ब्यवस्था पहिले आँकलन गरिएभन्दा खराब नदेखिएपछि डलर कमजोर भएको हो। डलर कमजोर हुँदा भारतीय मुद्रा बलियो भएको छ। नेपालको  भारुसँग स्थिर बिनिमय दर छ। यही कारण भारु बलियो हुँदा अमेरिकी डलरसँग नेपाली मुद्रा पनि बलियो देखिएको छ।