चार बैंक/बीमा कम्पनीमा ४५० कर्मचारी माग, एनआइसी, एनएलआइसी, मेगा र एनबीमा जागिर

बिजमाण्डू
२०७५ मंसिर १२ गते ११:१६ | Nov 28, 2018

काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, एनआर्इसी एशिया बैंक, मेगा बैंक र नेपाल बंगलादेश बैंकले ४५० जनाभन्दा धेरै कर्मचारी माग गरेका छन्। 

Tata
GBIME
Nepal Life

नेपाल लाइफ इन्स्योरेन्सले केही संख्यामा चार्टर्ड एकाउन्टेन्ट माग गरेको छ। साथै एमबिए तथा एमबिएस गरेका ५० जना अनुभव नभएका फ्रेस कर्मचारी माग गरेको छ। २४ देखि ३० वर्ष उमेर समुहकाले मंसिर २५ गतेसम्म कम्पनीको इमेलमार्फत आवदेन दिन सक्ने छन्। 

एनआर्इसी एशिया बैंक 
एनआर्इसी एशिया बैंकले ७ वटा पदको लागि २०० भन्दा धेरै कर्मचारी माग गरेको छ। बैंकले ५० जना शाखा प्रबन्धक माग गरेको छ। शाखा प्रबन्धकको लागि व्यवस्थापन संकायमा कम्तिमा स्नातक साथै स्नातकोत्तर गरिकोलार्इ प्राथमिकता दिने बैंकले जनाएको छ। बैंकको अफिसर तहमा रहेर कम्तिमा ५ वर्षको कार्यानुभव हुनु पर्नेछ। 

रिलेसनसिप म्यानेजरको लागि बैंकले १०० जना कर्मचारी माग गरेको छ। यसका लागि पनि कम्तिमा स्नातक गरेको हुनु पर्नेछ भने बरिष्ठ सहायक पदमा कम्तिमा पनि तीन वर्षको काम गरेको अनुभव हुनु पर्छ वा सुपरभाइजर वा सहायक पदमा ५ वर्षको कार्यानुभव भएकाले पनि आवदेन दिन सक्ने बैंकले जनाएको छ। 

सर्भिस म्यानेजर पदको लागि बैंकले ५० जना कर्मचारी माग गरेको छ। यसको लागि कम्तिमा स्नातक गरि सम्बन्धित पदमा रहेर कम्तिमा तीन वर्षको कार्यानुभव हुनु पर्नेछ। १८ देखि ४० वर्ष उमेर समुहकाले यस पदको लागि आवदेन दिन सक्नेछन्।  

बैंकले इन्टर्नल अडिट डिपार्टमेन्टमा, अफिसर सर्भिस एक्सिलेन्स, इन्टेलिजेन्स पदकालागि केहि संख्यामा कर्मचारी माग गरेको छ। यसका लागि कम्तिमा स्नातक गरि ५ वर्षको कार्यानुभव हुनु पर्नेछ। २१ देखि ४० वर्ष उमेर समुहकाले यस पदको लागि आवदेन दिन सक्ने छन्। 

डाटा साइन्टिस्ट तथा विजनेस इन्टेलिजेन्स पदका लागि केहि संख्यामा कर्मचारी माग गरिएको छ। यसका लागि कम्तिमा आइटीमा स्नातक गरेको हुनु पर्नेछ भने कम्तिमा तीन वर्षको कार्यानुभव हुनु पर्नेछ। १८ देखि ४० वर्ष उमेर समुहकाले यस पदका लागि आवेदन दिन सक्नेछन्। इच्छुक आवेदकले मंसिर २६ गतेसम्म आवेदन दिन सक्नेछन्। 

मेगा बैंक
मेगा बैंकले म्यानेजर पदका लागि ९ जना, अफिसर पदका लागि २७ जना, सहायक पदको लागि ८२ जना कर्मचारी माग गरेको छ। इच्छुक आवेदकले मंसिर २६ गतेसम्म बैंकको वेवसाइट मार्फत आवेदन दिन सक्नेछन्। 

नेपाल बंगलादेश बैंक 
नेपाल बंगलादेश बैंकले नयाँ सञ्चालन हुन लागेका ७ वटा शाखा कार्यलयको कर्मचारी माग गरेको छ। बैंकले नयाँ शाखा कार्यलयको लागि केहि ब्रान्च म्यानेजर, केहि ब्रान्च अप्रेसन इन्चार्ज र केहि जुनियर सहायक माग गरेको हो। इच्छुक आवेदकले मंसिर २७ गतेसम्ममा आवदेन दिन सक्ने छन्।