जस्मिन पेन्ट्सले लण्डनमा पायो अन्तर्राष्ट्रिय अवार्ड, क्वालिटी र इन्नोभेसनमा गोल्ड अवार्ड

बिजमाण्डू
२०७५ मंसिर ९ गते ११:०९ | Nov 25, 2018
जस्मिन पेन्ट्सले लण्डनमा पायो अन्तर्राष्ट्रिय अवार्ड, क्वालिटी र इन्नोभेसनमा गोल्ड अवार्ड


काठमाडौं। जस्मिन पेन्ट्सले लण्डनमा इन्टरनेशनल विड क्वालिटी एचिभमेन्ट गोल्ड अवार्ड पाएको छ। क्वालिटी, इन्नोभेसन र लिडरसीपमा उत्कृष्ट रहेको भन्दै विडले जस्मिनलार्इ यो अवार्ड दिएको हो।

Tata
GBIME
Nepal Life

विडका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत जोसे इ प्रिइटोले कम्पनीका प्रवन्ध निर्देशक लक्ष्मण अर्याललार्इ अवार्ड हस्तान्तरण गरे। ‘क्वालिटी, लिडरसीप, टेक्नोलोजी र इन्नोभेसनलार्इ निरन्तरता दिएकोले यो अवार्ड दिएको हो’ अवार्डको प्रमाणपत्रमा उल्लेख छ।

जस्मिन सन् १९९४मा स्थापना भएको उद्योग हो। मनकामना समूहबाट उत्पादन भएको यो पेन्ट्सले आएसओ-९००१:२००० प्रमाणपत्र समेत पाइसकेको छ। कम्पनीले वार्षिक एक अर्ब रुपैयाँ बराबरको पेन्ट्सको कारोबार गर्छ। उद्योगबाट अन्तर्राष्ट्रिय स्तरका विभिन्न पेन्ट्स उत्पादन गर्दै आएको छ। चितवनको लंकुमा रहेको उद्योगमा ८० जना कामदार कार्यरत छन्।